
पोखरा भ्यूज
पोखरा, २३ भदौं । ‘रक्तदान जिवनदान’ भन्ने मुल नारा सहित बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।लायन्स क्लब अफ पोखरा ग्लोवल लेकसिटीले अधिकृत बिक्रेता संघ कास्कीको सहकार्य र रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
शनिवार पोखरा–८, सभागृहचोकमा आयोजित रक्तदानमा ५७ जना रक्तदाताले रक्तदान गरेको क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट को–अर्डिनेटर हरिराज पन्तले जानकारी दिए ।
लायन्स क्लब अफ पोखरा ग्लोवल लेकसिटीका अध्यक्ष रेशमलाल श्रेष्ठ र अधिकृत विक्रेता संघ कास्कीका का.वा.अध्यक्ष होमकुमार राईको अध्यक्षता, पोखरा उधोग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, एडिशनल डिष्ट्रिक्ट को–अर्डिनेटर सन्तोष कुमार श्रेष्ठ, क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्टका सिनियर लिडर, क्लबका पदाधिकारी साथै अधिकृत विक्रेता संघका पदाधिकारी लगाएतको उपस्थिति रहेको संघका उप-महासचिव एवं ग्लोवल लेकसिटीका पूर्व अध्यक्ष दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।











