
पोखरा भ्यूज
पोखरा । नेपाल प्रेस युनियनका महाधिबेशन प्रतिनिधि एवं पोखरा महानगरपालिका २६ का वडा सदस्य सुदिपराज ढुंगानालाई पितृशोक परेको छ । उनका पिता कृष्णप्रसाद ढुंगानाको ८१ वर्षको उमेरमा मंगलबार पोखरा २६, जल्धारेस्थित आफ्नै निवासमा निधन भएको हो ।
ढुंगाना लामो समयदेखि निमोनियाबाट ग्रसित थिए । लामो समय शिक्षण पेसामा बिताएका उनी सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय थिए । उनका २ छोरा इन्जिनियर जनकराज र सुदीप, ३ छोरी शोभा, प्रभा र शान्ति छन् ।
प्रभा ढुंगाना नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेश महिला विभाग संयोजक, नेपाल शिक्षक संघका पूर्व उपाध्यक्ष एवं महेन्द्र मा बि नयाँबजार पोखरामा शिक्षिका छन् ।











