२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

दोस्रो क्याविनेट मिटिङका लागि पोखरा एरियाका लायन्स लिडरहरूको भेला

पोखरा भ्यूज

पोखरा, २१ असोज । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको असोज २६ र २७ गते हुने दोस्रो क्याविनेट मिटिङको तयारी अन्तिम चरणमा पुगेको छ । दोस्रो क्याविनेट मिटिङ भब्य रूपमा सम्पन्न गर्नका लागि आइतवार पोखरा एरियाका लायन्स लिडरहरूको भेला सम्पन्न भएको आयोजक क्लब लायन्स क्लब अफ पोखरा आदर्शका अध्यक्ष बिष्णु गौतमले जानकारी दिए । भेलामा डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल र डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानासहित पोखरा एरियामा रहेका क्लब अध्यक्ष, जोन/ रिजन चेयरपर्सनका साथै डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो ।

भेलामा आयोजक क्लबको तर्फबाट हालसम्म भएको तयारी सम्बन्धमा जानकारी गराईएको थियो । लायन्स क्लब अफ पोखरा आदर्शको ब्यवस्थापन र पोखरा स्थित सम्पूर्ण लायन्स क्लबहरूको सहयोगमा दुईदिनसम्म चल्ने मिटिङ पोखरा माटेपानीस्थित एस. आर. केसी क्याटेरिङमा हुने दोस्रो क्याविनेट मिटिङ तयारी समितिका संयोजक नविन भण्डारीले जानकारी गराए ।

दोस्रो क्याविनेट मिटिङ तयारीका लागि लायन्स क्लब अफ पोखरा आदर्शका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट चिफ नविन भण्डारी संयोजक, क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट को–अर्डिनेटर सुरेन्द्रमान सिं भण्डारी सह–संयोजक रहने गरी विभिन्न १३ वटा उपसमिति गठन गरी तयारीलाई अन्तिम चरणमा पुर्रायाईएको छ ।

अन्तरक्रियामा उपस्थित विभिन्न क्लबका अध्यक्षहरूले दोस्रो क्याविनेट मिटिङ सब्य र भव्य रूपमा सम्पन्नगर्नका लागि आ–आफ्नो तर्फबाट प्रतिबद्वता व्यक्त गरेका छन् ।

कार्यक्रममा डिष्ट्रिक्टका निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल र डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले पोखरामा हुने जुन सुकै कार्यक्रमलाई सुन्दर ढंगले प्रस्तुति गर्दै आएको स्मरण गर्दै पोखरेंलीबिच भएको एकता नै यहाँको सुन्दरता रहेको बताए । रजिष्ट्रेसन मात्र ठुलो नभई कार्यक्रममा उपस्थिति रहनु पनि महत्वपूर्ण बिषय रहेको पनि बताए ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…