0Shares

पोखरा भ्यूज

पोखरा सुरक्षा सम्बन्धी भारतनेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक पोखरामा सम्पन्न भएको छ । बिहिवार सम्पन्न द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठकमा भारतीय टोलीको नेतृत्व भारत सरकार विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए भने नेपाली टोलीको नेतृत्व नेपाल सरकार परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुङ्गानाले गरेका थिए

दुवै टोलीमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय तथा भारतीय नेपाली सेनाका निर्देशनालयका अधिकारीहरुको सहभागीता रहेको थियो

उक्त बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, भ्रमण, संयुक्त यात्रा, साहसिक गतिविधि, विपद् व्यवस्थापनमा सहकार्य सूचनाको आदानप्रदानजस्ता विविध विषयवस्तुमा छलफल भएको थियो

द्विपक्षीय सुरक्षा सुरक्षा सहकार्य प्रवद्र्धन हेतु सन् २००३ मा स्थापना गरिएको यो भारतनेपाल द्विपक्षीय परामर्श समूह भारत नेपालबीचको एक महत्वपूर्ण संस्थागत संयन्त्र हो

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected