२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

पोखरामा पुषको दोश्रो साता मुआथाई प्रतियोगिता हुने

पोखरा भ्यूज
पोखरा । ब्यवसायिक रुपमा पहिलो पटक मुआथाई प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा उक्त प्रतियोगिता आगामी पुषको दोश्रो साता हुने भएको हो ।

थाई मार्शल आर्ट खेलको रुपमा विश्वभर पहिचान बनाएको मुआथाई खेल विगत केही वर्ष यता नेपालमा समेत यूवाहरुको आकर्षण बढे संगै आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश खेलकुद परिषदले बजेट विनियोजन समेत गरि प्रतियोगिता आयोजना तयारी थालेको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् ।

प्रदेश खेलकुद परिषदले प्रतियोगिता आयोजना गर्न परिषदका सदस्य खगेन्द्र क्षेत्रीलाई जिम्मेवारी दिएको छ । नेपाल राष्ट्रिय मुआथाई संघको प्राविधिक सहयोगमा आयोजना हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिव १८ लाख खर्च हुने क्षेत्रीले जानकारी दिए । “यो पोखरामा आयोजना हुने मुआथाई खेलको पहिलो व्यवसायिक खेल हो । यसले पोखरालाई खेल पर्यटनको माध्यमबाट समेत पहिचान स्थापित गर्न सहयोग पुग्ने छ,”-संयोजक क्षेत्रीले भने ।

विभिन्न उमेर र तौल समुहमा आयोजना हुने प्रतियोगितामा महिला/पुरुष एवं छात्र/छात्राका छुट्टा-छुट्टै प्रतिस्पर्धाहरु तय गरिएको छ । प्रतियोगिताका लागि आवेदन खुला गरिएको जानकारी दिंदै संयोजक क्षेत्रीले आवेदन दिने खेलाडीहरु मध्ये उनीहरुको विगतको नतिजाका आधारमा प्रतियोगितामा समावेश हुने अवसर प्रदान गरिने बताए । जसमा ३५ भन्दा वढि खेलाडीहरु प्रतिस्पर्धामा उत्रिने छन् ।

दुई दिन सम्म पोखराको पर्यटकिए केन्द्र लेकसाइडमा हुने प्रतियोगिताका बिजेता खेलाडीहरुलाई नगद ३ लाख खर्च हुनेछ । पोखरा बाहिरबाट आउने खेलाडी, प्रशिक्षक तथा प्राविधिकहरुलाई खाना र आवाशको सुविधा सहित एक दिन पोखराको पर्यटन क्षेत्रहरुको अवलोकन समेत गराइने संयोजक क्षेत्रीले जानकारी दिए । प्रतियोगिता सफल बनाउन विभिन्न संघ-संस्था एवं व्यवसायिक प्रतिष्ठानहरुले समेत सहयोग गर्ने भएको संयोजक क्षेत्रीले जानकारी दिए ।

पोखरामा पहिलो पटक वृहतरुपमा मुआथाई प्रतियोगिता आयोजना हुने भएकोले प्रतियोगितालाई विभिन्न अनलाइन सञ्चार माध्यम र राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्न लागिएको क्षेत्रीले बताए ।

मुआथाई प्रतियोगिताले यो खेलको विकास संगै पोखराको पर्यटन क्षेत्रलाई समेत उकास्न महत्वपूणर् योगदान पुग्ने परिषदका सदस्य सचिव शर्माले बताए । उनले भने-“मुआथाई प्रतियोगिता व्यवसायिक रुपमा पहिलो पटक आयोजना गर्दैछौं भविष्यमा समेत अन्य खेलका यस प्रकारका कार्यक्रमहरु तय गरि नेपाली खेलकुदलाई व्यवसायिक रुपमा अघि बढाउने योजना हामीले बनाउँदैछौं ।”

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…