२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

जोन १८ अन्तर्गतका क्लबहरूको जोन मिटिङ सम्पन्न

पोखरा भ्यूज

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल जोन १८ अन्तर्गतका क्लबहरुको दोस्रो जोन मिटिङ सम्पन्न भएको छ ।

विहिवार होटल पौवामा जोन १८ अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा अभियान, पोखरा सिभिक, पोखरा ग्लोवल लेकसिटी र पोखरा इन्फरमेसन टेक्नोलोजीका क्लब अफिसर साथै डिष्ट्रिक्टका सिनियर लायन्स लिड़रको उपस्थितिमा डिष्ट्रिक्ट गर्भनर्स सेकेण्ड एडभाईजरी मिटिङ सम्पन्न भएको हो ।

जोन १८ का जोन चेयर पर्सन कृष्ण लम्सालको अध्यक्षतामा सम्पन्न दोस्रो जोन मिटिङमा जिएलटी डिष्ट्रिक्टको–अर्डिनेटर अमृत शोभा खत्री, मिडिया एण्ड कम्यूनिकेशन डिष्ट्रिक्ट को–अर्डिनेटर टंकराज अधिकारी, एडिशनल डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी प्रेमप्रसाद दाहाल, रिजन मेन्टर एवं डिष्ट्रिक्ट सिनियर एडभाईजर नगेन्द्रराज बराल लगायत डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो ।

जोन चेयरपर्सन कृष्ण लम्सालले पेश गरेका मिटिङका एजेन्डामा व्यापक छलफल गरी कार्यान्वयनका लागि क्लब पदाधिकारीलाई आग्रह गरिएको थियो ।

मिटिङमा लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष मातृका पोखरेल, पोखरा सिभिकका रेशम खड़का, पोखरा ग्लोवल लेकसिटीका रेशमलाल श्रेष्ठ र पोखरा इन्फरमेशन टेक्नोलोजीका सनरोज गुरूङले क्लबले हालसम्म गरेका सामाजिक कार्यहरुको प्रगतिविवरण सहितको भावी कार्यक्रम प्रस्तुत गरेका थिए। साथमा पोखरा अभियानका सचिव बिनोद आचार्य र ग्लोबल लेकसिटीका सचिव नवराज सुवेदीले सचिवको प्रतिवेदन, पोखरा अभियानका कोषाध्यक्ष नवराज शर्मा पौडेल र इन्फरमेशन टेक्नोलोजीका कोषाध्यक्ष मुकेश अर्यालले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।

मिटिङमा बोल्दै जिएलटी डिष्ट्रिक्ट को–अर्डिनेटर अमृतशोभा खत्रीले जोन १८ अन्तर्गतका क्लबहरुले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएकोमा बधाई दिदै आगामी दिनको सफलताको शुभकामना ब्यक्त गरेकी थिईन् ।  त्यस्तै, मिडिया एण्ड कम्यूनिकेशन डिष्ट्रिक्ट को–अर्डिनेटर टंकराज अधिकारी, एडिशनल डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी प्रेमप्रसाद दाहाल, रिजन मेन्टर एवं डिष्ट्रिक्ट सिनियर एडभाईजर नगेन्द्रराज बरालले डिष्ट्रिक्ट अन्तर्गतका शशक्त क्लबहरूले कार्यकाल सुरूवातको पाँच महिनामा उल्लेखनिय कार्यहरु गर्न सफल भएकोमा प्रशंसा गरेका थिए ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…