0Shares

पोखरा भ्यूज
पोखरा । गण्डकी प्रदेशमा मोटर स्पोर्टस खेलको विकास एवं प्रवर्द्धनका लागि नेपाल रेसिङ स्पोर्टस एसोसियसन (एन.आर.एस.ए) गठन भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीमा विधिवत दर्ता भएको उक्त संस्थाको अध्यक्षमा माइकल थापा रहेका छन् । उक्त संस्थाले भिआर ४६ संगको सहकार्यमा पोखरामा यहि मंसिर ८ र ९ गते पोखरामा फिसटेल रेसको समेत आयोजना गर्ने भएको छ । संस्थाले जल, थल र आकाशका सबै प्रकारका मोटर स्पोर्टस सम्वन्धि खेलको विकास गर्ने हेतुले संस्था गठन गरि अघि बढेको अध्यक्ष थापाले बताए ।
रेसिङ स्पोर्टसका खेल संग सम्वद्ध रहेका अध्यक्ष थापाले रेसिङ स्पोर्टस गण्डकी प्रदेश लगायत सबै प्रदेशमा सम्भावना भएको खेल भएकोले यसको विकासका लागि सुरुवात  भएको उल्लेख गरे । “हामी रेसिङ स्पोर्टस खेलको विकास र प्रवर्द्धन गर्दैै अगाडी बढ्ने लक्ष्य लिएका छौं”–उनले भने–“अव गण्डकी प्रदेशमा रेसिङ स्पोर्टस खेलले गति लिन्छ । गण्डकी प्रदेशलाई केन्द्रविन्दु बनाउँदै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्नेछौं ।”
नव गठित संस्था र पोखरा रंगशालामा सञ्चालन हुने फिसटेल रेस ट्रयाकको एक कार्यक्रमका विच प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले औपचारिक रुपमा उद्घाटन गरे । बिहिबार पोखरा रंगशालामा आयोजित कार्यक्रमममा सदस्य सचिव शर्माले रेसिङ स्पोर्टस खेलको विकासले गण्डकी प्रदेशलाई खेल पर्यटनको रुपमा विश्वमा पहिचान बनाउन समेत महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने–“यो एउटा महत्वपूर्ण क्षण हो । हामीले नयाँ विषयमा पाइला चालेका छौं । रेसिङ स्पोर्टसको विकासका लागि परिषदले सक्दो सहयोग गर्ने छ ।”
सो अवसरमा प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, विभिन्न प्रदेशबाट आएका रेसिङ स्पोर्टस संग सम्वन्धित खेलाडी तथा निर्णायकहरुको सहभागिता रहेको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected