२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

स्व. खनालको स्मृतिमा अक्षयकोष स्थापना

पोखरा भ्यूज

पोखरा, २२ मंसिर । हिउको ढिस्कोमा परी निधन भएका संजय खनालको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । शुक्ला गण्डकी–१, सेराबेशीस्थित श्री अन्तर्राष्ट्रिय युवा बर्ष आधारभूत विद्यालयमा स्व. खनालको स्मृतिमा अक्षयकोष स्थापना गरिएको हो । स्थापित कोषको रकमबाट हरेक वर्ष विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ । शुक्ला गण्डकी–१, शेराबेसी पूर्ख्यौली थलो भई पोखरा–५, प्रस्यांग निवासी खनालको २०७६ साल कार्तिक ६ गते अन्नपूर्ण पदमार्ग अन्तर्गतको अन्नपूर्ण–११, हिन्कु क्याम्पमा हिउको ढिस्कोले पुरिएर निधन भएको थियो ।

लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजनामा गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले छोराको स्मृतिमा क्लबका अध्यक्ष समेत रहेका पिता युवराज खनाल र आमा संगीता खनालले एकलाख २० हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

अक्षयकोष रक़म कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, खनाल परिवारबाट स्वर्गीय संजयका पिता युवराज खनाल, माता संगीता खनाल र हजुरआमा मधुमाया खनालले कोषको रकम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद ढकाल, प्रधानाध्यापक नरेशचन्द्र भण्डारी र शुक्ला गण्डकी–१ का वडाध्यक्ष रमेशचन्द्र पौडेललाई संयुक्तरुपमा हस्तान्तरण गरिएको थियो ।

आफ्नो क्यारिएरको सुरूवातीको चरणमा अध्यापन गराएको उक्त बिधालयमा न्यून आय भएका, गरिब, जेहेन्दार विद्यार्थी तथा दैनिक ज्याला मजदुरी गर्दे आएकाका छोराछोरीको पढाइमा सहयोग पुर्‍याउन सहयोगस्वरूप छोराको स्मृतिमा उक्त कोष स्थापना गरिएको खनालले बताए ।

रक़म हस्तान्तरण गर्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले कोषले थोरै मात्रामा भए पनि लक्षित विद्यार्थीको हितमा सहयोगी बन्ने विश्वास व्यक्त गर्दै कोषको दुरुपयोग नहुनेमा पूर्ण विश्वस्त रहेको बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि वडाध्यक्ष रमेशचन्द्र पौडेलले अक्षयकोष दाताको भावना अनुसार लक्षित विद्यार्थी लाभान्वित भएमात्र कोषको सार्थकता पूरा हुनेमा जोड दिदै सहयोगी दाताको भावनालाई आत्मसात् गर्दै कोष सञ्चालन गर्न बिधालय प्रशासनलाई सुझाव दिए । विद्यालयका प्रधानाध्यापक नरेशचन्द्र भण्डारीले कोषको रकमको सही सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पुर्‍याउने प्रतिवद्धता जनाए ।

लायन्स क्लब पोखरा पिस सिटीका अध्यक्ष एवं स्व. संजय खनालका पिता युवराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सुदीपराज ढुङगाना लगाएत पूर्व अध्यक्षहरू, क्लबका जोन चेयरपर्सन एवं जोन ६ का जोन चेयरपर्सन शान्तावना पराजुली, क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…