२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

कर्मचारी यूनियनको मित्र मिलन एवं बनभोजमा ६ सय बढीको उपस्थिति

पोखरा भ्यूज

पोखरा । नेपाल निजामती कर्मचारी युनियन (संघ) जिल्ला कार्यसमिति कास्कीले बनभोज तथा मित्र मिलन कार्यक्रम गरेको छ । संघले शनिवार पोखरा महानगरपालिका–१८, मेथलाङस्थित शहीद पार्कमा ६ सय बढ़ीको उपस्थितिमा बनभोज तथा मित्र मिलन कार्यक्रम सम्पन्न गरेको हो ।   

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका उर्जा जलश्रोत तथा खानेपानी मन्त्री सरकारका प्रवक्ता सरस्वती अर्यालको प्रमुख आतिथ्यता कृषि तथा भूमी ब्यबस्था मन्त्री महेन्द्रध्वज जिसीको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य नेपाली कांग्रेस संसदीय दलका उपनेता बिन्दु कुमार थापा, प्रदेश सभा सदस्यहरु प्रकाश बराल,  सरस्वती गुरूङ, डिल्ली सुबेदी, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल पोखरेल लगाएतको आतिथ्यता रहेको थियो ।                                        

नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्य अतिथिहरूमा नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (नेल्टा) का केन्द्रीय अध्यक्ष एवं युनियनका महासचिव जनक रावल, युनियनका केन्द्रीय वरिष्ट उपाध्यक्ष उत्तम कटुवाल, उपाध्यक्षहरू यज्ञ ओलि, दिपक रेग्मी, पुरण गूरूङ, उप–महासचिब इन्दु शर्मा, सचिबहरू जगत पाठक, कुल प्रसाद भट्टराई, युनियन नेल्टा स्वास्थ्यकर्मीका केन्द्र प्रदेश जिल्ला पालिकाका अध्यक्ष एवं पदाधिकारी, गण्डकी प्रदेशका प्रमुख सचिब लक्ष्मी कुमारी बस्नेत लगाएत विभिन्न मन्त्रालयका सचिबहरू सहित नेपाली कांग्रेस निकट विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधि, नेपाल निजामति कर्मचारी युनियन (संघ) मा आवद्ध प्रदेस एवं विभिन्न जिल्लाका निजामति कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।    

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल कर्मचारी युनियनमा आवद्ध कर्मचारीले चनाखो भएर लोकतन्त्रको रक्षा र कर्मचारीको सर्वोपरि हित हुने गरि काम गर्न आग्रह गरिन् । त्यस्तै, कृषि तथा भूमी ब्यबस्था मन्त्री महेन्द्रध्वज जिसीले कांग्रेस पराजित हुदाँ प्रजातन्त्र नै कमजोर हुने हुदाँ कांग्रेसमा आस्था राख्नेले कर्मचारीले पेसागत दक्षता इमानदार पूर्वक निर्वाह गरी आफ्नो पहिचान दिई कांग्रेसप्रति आकर्षित गराउनु पर्ने बताए ।

नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल पोखरेलले कर्मचारी ऐन नियमावली समयमा नबन्दा तीन तहको सरकारकका दैनिक प्रशासनिक काम कारवाहीमा समस्या परेको बताउदै कर्मचारीको समायोजन, बृति बिकास लगाएतका बिषय अप्ठारो परेको जनाए । युनियनका केन्द्रिय महासचिव जनक रावलले पेसागत हकहित सामाजिक सुरक्षा लगायतका विषयमा युनियनले नेत्रीत्वदायी भूमिका खेल्दै आएको बताए ।  

अध्यक्षताको मन्तव्य राख्दै संघका जिल्ला अध्यक्ष सुरेश श्रेष्ठले राष्ट्र सेवक कर्मचारीहरू बिच आपसी भाईचारा अभिवृद्धि एवं सम्बन्ध प्रगाढ़ बनाउने उद्देश्यले मित्र मिलन एवं बनभोज कार्यक्रमको आयोजना गरिएको बताउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए ।

नेपाल निजामति कर्मचारी युनियन (संघ) कास्कीका सचिव सुमन शर्माको सञ्चालनमा रहेको कार्यक्रममा युनियनका प्रदेश उपाध्यक्ष एवं बनभोज कार्यक्रमका संयोजक अर्जुन गुरूङले स्वागत र कास्कीका उपाध्यक्ष केदार सापकोटाले धन्यवाद मन्तव्य राखेका थिए ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…