44Shares

पोखरा भ्यूज

पोखरा, १४ पुस । अन्नपूर्ण बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको पोखरा महानगरपालिका, हरिचोक अवस्थित सहकारीको चौथो अधिवेशनले पुन: इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो  जसको उपाध्यक्षमा मनपती अधिकारी, सचिवमा बाबुराम भण्डारी, सहसचिव लक्ष्मी अधिकारी कोषाध्यक्षमा सरिता सुबेदी भण्डारी सर्वसम्मत भएका छन्

त्यसैगरी, सदस्यहरुमा दुर्गा प्रसाद पौडेल, कृष्णप्रसाद दाहाल (ठुल दाई) नवराज अधिकारी, शान्ती गुरूङ, बिष्णुहरि भुगाई खगराज अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । लेखा समिति संयोजकमा जनकराज पौडेल, सदस्यहरुमा कृष्णराज अधिकारी रामेश्वर पौडेल सर्वसम्मत निर्वाचित भए ।      

वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालले केही सहकारीहरू संस्थागत ऐन नियम अनुसार नचल्दा सहकारीमा समस्या आएको उल्लेख गर्दै यस्का लागि सरोकार वाला सबै चनाखो हुन जरुरी रहेको बताए । सहकारी संचालकहरूले ठुलो धनराशी डिपोजिट लिन नहुने संचालकलाई सुझाउदै साना साना बचतकर्ताहरू सँग समन्वय गर्नुहुन समेत उनले आग्रह गरेका थिए सहकारीले शेयर सदस्यहरुको जीवनस्तर परिवर्तन गर्न शेयर सदस्यहरुलाई उद्यमशिलतासँग जोडी निष्क्रिय शेयर सदस्यहरूलाई सक्रिय बनाउन पनि अनुरोध गरेका थिए साथै, अन्नपूर्ण सहकारीले संस्थालाई प्रविधिसँग जोडी शेयर सदस्यहरुलाई डिजिटल प्रविधिबाट कारोबार गर्न लगाएको , सहकारी पूर्ण रूपमा ऐन नियम अनुसार चलेको पाएको छु भन्दै उनले सहकारीको उत्तरोत्तर प्रगतिको कामना पनि गरेका थिए

संस्थाको शेयर पूजी तीन करोड ५८ लाख ९३ हजार रुपैयाँ रहेको  भने बचत १४ करोड ९५ लाख ४९ हजार ३८ रुपैयाँ ऋण लगानी १४ करोड ६७ लाख ६५ हजार सय ३७ रुपैयाँ रहेको

सहकारीमा हजार सय १२ शेयर सदस्यहरु रहेका छन् जस अन्तरगत  सय ८५ पुरुष सय २७ महिला शेयर सदस्य रहेका छन् आर्थिक वर्ष ०७९/८० मा सहकारीले कारोबारबाट लाख ५३ हजार सय १० रुपैयाँ संचालन नाफा गरेको  भने सस्थाले शेयर सदस्यहरुलाई शेयर पूजिको १३% लाभांश पनि बाडेको

संस्थाले सदस्यहरुलाई थप सेवा प्रदान गर्नका लागि स्मार्ट मोबाइल बैंकिङ एप संचालन गरि सदस्यहरुलाई बिद्युतीय माध्यमबाट सेवा प्रदान गर्दै आइरहेको

साधारण सभामा सहकारीले जेष्ठ शेयर सदस्यमा पुण्यप्रसाद पौडेल लोकबहादुर श्रेष्ठलाई सम्मान गरेको यसैगरी सहकारीले असल मासिक बचतमा झनकराज अधिकारी पुष्पा गुरूङ असल निक्षेप कर्तामा बालदेवी गुरूङ, रमा केसी, मिठीदेवी भण्डारी, प्रजापति भारती, थानेश्वर सुबेदी, शोभाकान्त अधिकारी असल कारोबारीमा माधवप्रसाद पराजुली, नारायणी भण्डारी, धर्मराज कुँवर, सूरज भण्डारी, झलकराम अधिकारी रुद्रनाथ पौडेल रहेका छन् त्यस्तै, असल दैनिक बचतकर्तामा सितादेवी पौडेल, खिमराज भण्डारी, लोकनाथ भण्डारी, इश्वरीप्रसाद भण्डारी  सिरकली दाहाललाई सम्मान गरेको त्यसै गरि संस्थाका उत्कृष्ट कर्मचारीको रुपमा निमित्त कार्यालय प्रमुख चन्द्रकला पौडेल नागडाँडा केन्द्र प्रमुख अर्जुन पौडेललाई सम्मान गरेको

अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षता, नेपाल बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालको प्रमुख आतिथ्यता, जिविस कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिका कास्कीका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष इन्द्रप्रसाद पौडेलबाट वार्षिक प्रतिवेदन, कोषाध्यक्ष बाबूराम भण्डारीबाट आर्थिक प्रतिवेदन लेखा संयोजक जनकराज पौडेलबाट लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए संस्थाका सहसचिव लक्ष्मी अधिकारीबाट स्वागत मन्तव्य, शिक्षा उपसमितिका संयोजक सरिता भण्डारीले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिईन्  

सचिव मनपती अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा ढिकुरपोखरी समाजका अध्यक्ष सोमनाथ पौडेल, सल्लाहकार कुलबहादुर गुरूङ कुलु, सल्लाहकार एवं निर्वाचन समितिका संयोजक बिष्णुप्रसाद अधिकारी, सल्लाहकार टंकराज अधिकारी, आँधीखोला गाउँपालिका स्याङजाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, सेतीमोदी सहकारीका अध्यक्ष जयलाल अधिकारी संस्थाका लगायतले बधाई एवं शुभकामना मन्तव्य राखेका थिए

साधारण सभा तथा अधिबेशनको निर्वाचन मण्डलको संयोजकमा सल्लाहकार बिष्णुप्रसाद अधिकारी, सदस्यहरुमा संस्थाका सल्लाहकार टंकराज अधिकारी शोभाखर अधिकारी रहेका थिए

44Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected