२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

स्टार ग्लोरीको आयोजनामा रक्तदान सम्पन्न

पोखरा भ्यूज

पोखरा, २० पुस । रगतको अभाव कम हुन नदिन लायन्स क्लब अफ पोखरा स्टार ग्लोरीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबले सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तसंचार केन्द्र पोखरासँगको सहकार्यमा शुक्रवार सृजनाचोकस्थित रविमहल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको क्लबका अध्यक्ष संगीता पाण्डेले जानकारी गराईन् । कार्यक्रममा ३० जना रक्तदाताले रक्तदान गरेका छन्  ।

एक बर्ष अघि मात्र स्थापना भएको महिला मात्रको क्लब स्टार ग्लोरीले फ़ेलोशिप, लिडरशिपका कार्यक्रमसँगसँगै स्वास्थ्य, शिक्षा, वातावरण, दैवीप्रकोप लगाएतमा कार्य आएको संस्थापक अध्यक्षसमेत रहेकी पाण्डेको भनाई थियो ।      
क्लबका अध्यक्ष पाण्डेको अध्यक्षता अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णु बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पहिलो रक्तदाता आकाश गुरूङलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मानव जीवनको अत्यन्त राम्रो काम रक्तदान कार्यक्रम गरेर क्लबले  पुण्यकार्य गरेकोमा प्रसन्नता व्यक्त गरे।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका मिडिया एवं कम्यूनिकेशन डिष्ट्रिक्ट को–अर्डिनेटर टंकराज अधिकारीले रगत दान भन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए । आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदाता लगायत अन्य सहयोगीलाई र पुण्य कार्य गरेकोमा क्लब परिवारलाई धन्यवाद दिदै उनले क्लबको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए ।        

क्लबका सचिव प्रभा खनाल अधिकारीको संचालन र प्रथम उपाध्यक्ष दुर्गा केसीको स्वागत मन्तव्यबाट सुरू रहेको रक्तदान कार्यक्रममा डिष्ट्रिक्ट एड़िशनल को– अर्डिनेटर बासुदेव कोईरला, जोन चेयरपर्सन ज्ञान बहादुर राना, लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दामोदर आचार्यलगाएत क्लब पदाधिकारी एवं सदस्यको उपस्थिति थियो।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…