२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
कृषि

पोखरामा प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी सुरु

पोखरा भ्यूज

पोखरा । पोखरामा शुक्रवारदेखि प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी सुरु भएको छ । कृषि विकास निर्देशनालय गण्डकी, पोखरा महानगरपालिका, नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा प्रदर्शनी सुरु गरिएको हो ।

प्रदर्शनीको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जी.सिले कृषि मुलुकको आर्थिक मेरुदण्ड भएको बताएका छन् । “हाम्रो देशको सन्दर्भमा भन्ने हो भने कृषि नै हाम्रो लाइफलाइन हो, कृषि नै हाम्रो देशको आर्थिक मेरुदण्ड हो, उनले भने, सिङ्गो मुलुकको जिडिपीमा २६ प्रतिशत कृषिको योगदान छ, त्यसका कारण हाम्रो जीवन वृत्तिको प्रमुख माध्यम कृषि नै हो ।” नेपालमा कृषि पेसालाई परम्परागत र निर्वाहमुखीबाट बिस्तारै आधुनिकीकरण र यान्त्रीकरण तर्फ लैजानु पर्ने आवश्यकता रहेको उनले बताए ।                    

पोखरा महानगरपालिकाको आर्थिक विकास समितिका संयोजक बोधराज कार्कीले महानगर क्षेत्रका कृषकहरूलाई यान्त्रीकरणमा अनुदान सहायता प्रदान गरिएको बताए । कृषि उपजको बजारीकरण सहित सुरक्षित ढुवानीका लागि कृषि एम्बुलेन्स समेत सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले वडावडाहरुमा कृषि उपज सङ्कलन केन्द्रहरूमा समेत स्थापना गरिएको बताए । कृषिको आधुनिकीकरण र यान्त्रीकरणका विषयमा विद्यालय तहदेखि नै अध्ययन अध्यापन गराउनु आवश्यक रहेको पोखरा १४ का वडाध्यक्ष समेत रहेका संयोजक कार्कीले भनाई थियो ।

महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिका पछिल्ला केही वर्षदेखि कृषि यान्त्रीकरणको अभियानमा रहेको बताए । “हामी कृषिको आधुनिकीकरण र यान्त्रीकरणको अभियानमा छौँ, प्रमुख कडरियाले भने, यसका बाबजुद पनि हामीसँग केही चुनौतीहरू छन्, टुक्रे र भिरालो जमिनका कारण यान्त्रिक उपकरणहरूको उपयोग त्यति सहज छैन, तैपनि यसप्रति कृषकहरूलाई आकर्षण गर्दै अनुदान र लागत साझेदारीमा कृषि यान्त्रीकरणको काम भने निरन्तर भइरहेको छ ।” पोखरा महानगरपालिका भित्रको कृषियोग्य जमिनलाई बाँझो नराख्ने र कृषकहरूको उत्पादनलाई बजार सुनिश्चितताका सकारात्मक अभ्यासहरू महानगरपालिकाको तर्फबाट गरिएको प्रमुख कडरियाले बताए ।                

परम्परागत र निर्वाहमुखी कृषि प्रणालीको विकल्प आधुनिकीकरण सहितको कृषि यान्त्रीकरण नै हुने व्यवसायीहरूले बताएका छन् । कृषकहरूको उत्पादन लागत कम गर्दै उत्पादनमा उल्लेख्य वृद्धि गर्न यान्त्रीकरण आवश्यक रहेको उनीहरूले बताए । उत्पादन देखी प्रशोधनसम्मका कृषि उपकरणहरू बजारमा उपलब्ध रहेका व्यवसायीहरूको भनाइ छ ।

प्रदर्शनीमा कृषि औजार, उपकरण, प्रविधि उत्पादक उद्यमी व्यवसायीहरू, आयातकर्ता, वितरक, डिलर, सबडिलरहरु, सरकारी एवं गैरसरकारी सङ्घ संस्थाहरू, कृषि विज्ञ, अनुसन्धानकर्ता, शैक्षिक संस्थाहरू, अनुसन्धान संस्थाहरू, सेवा प्रदायक कृषक समूह, सहकारी सङ्घ संस्थाहरू, बैङ्क तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको छ । १० बढी मुलुकबाट कृषि ओैजार, उपकरण तथा प्रविधिहरू प्रदर्शनी एवं बिक्री भइरहेको प्रदर्शनी पोखरा प्रदर्शनी केन्द्रमा पुस २२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रदर्शनीले नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगीकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्‍याउने उद्देश्यले राखेको छ । सो क्रममा कृषि यान्त्रीकरण प्रवर्द्धन सम्बन्धी गोष्ठी, सेमिनार, रैथाने बालीहरूको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी प्रदर्शनी, कृषि जैविक विविधता संरक्षण सम्बन्धी छलफल अन्तरक्रिया हुनेछन् ।

प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउ बिजन, आधुनिक सिँचाइ लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहेको छ ।

Read more

तरकारी घरबाटै बजारमा : वालिङमा कृषि एम्बुलेन्स सेवा सुरु

३२ लाख ९० हजार रुपैयाँको लगानीमा सेवा सञ्चालन, ढुवानी खर्च घट्ने र किसानको आम्दानी बढ्ने अपेक्षा स्याङ्जा, वालिङ । वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज…

रैथाने बालीमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन अन्नपूर्ण गाउँपालिकाद्वारा विद्यालयलाई भाँडाकुँडा हस्तान्तरण

अन्नपूर्ण, कास्की। विद्यालयस्तरबाटै रैथाने बालीको संरक्षण, पोषणयुक्त दिवा खाजा प्रवर्द्धन तथा कृषि शिक्षालाई व्यवहारसँग जोड्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले पालिकाभित्रका २२ वटा आधारभूत विद्यालयलाई आवश्यक भाँडाकुँडा हस्तान्तरण गरेको छ।…

अन्नपूर्णमा ‘एक घर–एक करेसाबारी’ अभियान सुरु : गाउँपालिकाको लक्ष्य–घरघरमा तरकारी, कृषकको आम्दानीमा वृद्धि

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले प्रत्येक घरमा करेसाबारी निर्माण गरी तरकारी उत्पादन बढाउने उद्देश्यसहित ‘एक घर–एक करेसाबारी’ कार्यक्रम औपचारिक रूपमा शुभारम्भ गरेको छ। मंगलबार गाउँपालिकाको वडा नं.…

पोखरामा २१औँ रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट दुई कृषक सम्मानित

पोखरा, असार १४। ‘ पोखरा सबै मौसमका लागि ’ भन्ने मूल नारासहित पोखरामा २१औँ रोपाइँ महोत्सव–२०८३ उत्साहपूर्वक सम्पन्न भएको छ। पोखरा पर्यटन परिषद्को मुख्य आयोजना तथा वडा स्तरीय…

पोखरामा ‘तरबुजा मेला २०८३’ सम्पन्न

स्थानीय उत्पादन प्रवर्द्धनसँगै कृषि र पर्यटन जोड्ने प्रयास पोखरा । स्थानीय उत्पादनको प्रवर्द्धन तथा तरबुजा खेतीको बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र वडा नं.…

कृषकलाई कृषि सामग्री तथा उपकरण वितरण

पोखरा, २३ वैशाख । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गत कृषि विकास शाखाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार कृषकलाई कृषि उत्पादन सामग्री तथा कृषि यान्त्रिकीकरण सहयोग वितरण गरिएको…