
पोखरा भ्यूज
पोखरा, ३ माघ । सत्तापक्षीय गठबन्धनका राष्ट्रिय सभाका उम्मेदवारले बुधवार गोरखा र लम्जुङमा मतदाता भेटेका छन् ।
सत्ता गठबन्धनका तर्फबाट गण्डकी प्रदेशमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ(गोरखा) र पदमबहादुर परियार(तनहुँ) एवम् नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा (पर्वत) लाई उम्मेदवारका रुपमा अघि सार्दै आफ्ना चुनावी गतिविधिलाई अघि बढाएको हो ।
गोरखा र लम्जुङमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा उम्मेदवारहरूले संविधानले निर्दिष्ट गरेका अधिकार अनुरुप राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउन आफ्नो उम्मेदवार भएको बताए ।
गोरखामा आयोजित कार्यक्रमको नेपाली काँग्रेस गोरखाका सभापति नन्दु न्यौपाने र लम्जुङमा काँग्रेस लम्जुङका सभापति एवम् गण्डकी प्रदेशसभा सदस्य डा.टकराज गुरूङले गरेका थिए ।
उम्मेदवारत्रय सहित नेकपा माओवादी केन्द्रका तर्फबाट गण्डकी प्रदेश सभाका संसदीय दलका नेता हरिबहादुर चुमान, नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री बिष्णुप्रसाद लामिछाने, नेकपा माओवादी केन्द्रका गुणाखर बस्याल, आशा कोइराला लगायतका नेताहरूले बोलेका थिए ।











