27Shares

पोखरा भ्यूज
पोखरा । डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिलातर्फ चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी पहिलो सेमीफाइनलमा नेपाल आर्मीको त्रिभुबन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । दोश्रो र तेश्रो सस्करणको च्याम्पियन एपिएफले बिहिबार उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा प्रवेश गर्न सफल भयो ।
सम्पन्न खेलमा एपिएफले पहिलो दुई सेट १९–२५ र २०–२५ ले नेपाल आर्मीलाई सुम्पिए पनि पछिल्ला तीन सेट २५–१३, २५–१६ र १५– १३ ले  खेलमा फर्किर्दै उपाधि नजिक पुगेको हो ।
जारी प्रतियोगितामा अविजित रहँदै एपिएफलेउपाधिका लागि बलियो प्रस्तुती प्रदर्शन गरेको छ । चौथो सस्करण जितेमा एपिएफले टाइगरकपको.उपाधिमा ह्याट्रिक समेत गर्नेछ ।
त्यसै गरी दोश्रो सेमीफाइनलमा चन्द्रागिरी न्यु डायमण्ड र नेपाल पुलिस क्लबका बिच हुनेछ  ।
यता पुरुषतर्फ भने एक मात्र खेल विभागिय टोली नेपाल आर्मी र घरेलु टोली गण्डकी प्रदेश भलिबल संघका बिच हुनेछ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने संस्थाका सचिव डिबी नेपालीले बताए ।

27Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected