२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

डल्फिनको डिजी टु क्लब भिजिट कार्यक्रम सम्पन्न

पोखरा भ्यूज

पोखरा । लायन्स क्लब अफ पोखरा डल्फिनले डिजी टु क्लब भिजिट कार्यक्रम सम्पन्न गरेको छ । आइतवार डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना, पिआरओ इन चिफ शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट को–अर्डिनेटर अमृत शोभा खत्री, हरिराज पन्त, सूर्य नारायण बराल, पवित्रराज तिवारी, युवराज खनाल, टंकराज अधिकारीलगायत डिष्ट्रिक्टका सिनियर लिडरको उपस्थितिमा क्लबले सो कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा क्लबका अध्यक्ष रेवती भण्डारी, संस्थापक अध्यक्ष रामबहादुर बयलकोटी, पूर्व अध्यक्ष ऋषि गिरी, निवर्तमान अध्यक्ष शान्ता बहादुर लामिछाने लगाएत क्लबका पूर्व अध्यक्ष पदाधिकारी एवं सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

डिष्ट्रिक्ट गभर्नर केसीले डिजी टु क्लब भिजिट बारे प्रशिक्षण एवं सुझाबपछि पूर्व अध्यक्ष एवं क्लबका पदाधिकारी एवं सदस्यहरूले कार्यक्रमको बारे आ–आफ्ना धारणा राखेका थिए । डिष्ट्रिक्ट गभर्नर केसीले क्लबका कमिकमजोरी एवं राम्रो पक्षको विषयमा छलफल गरी सुझाब दिनुका साथै अनिवार्य गर्नुपर्ने विषयमा प्रतिबद्धता गराई अन्तरक्रियात्मक कार्यक्रममा परिणत गराएका थिए ।

कार्यक्रममा क्लबका सदस्य एवं पदाधिकारीहरूले डिजी टु क्लब भिजिट कार्यक्रमबाट धेरै सिक्ने अवसर पाएको बताएका थिए । डिजी भिजिटपछि क्लबमा थप उर्जा थपिएको कुरा सहभागी सबैले स्विकार्दै आगामी दिनमा पनि यस्ता प्रशिक्षण मिल्ने खालका कार्यक्रम राख्न सबै सदस्यले अनुरोध गरेका थिए । अधिकांशले लायन्समा लागेर अरु केहि नपाए पनि सन्तुष्टि भने प्रशस्तै पाइने, क्लबमा लिन होइन दिन आइने भएकोले सकेको सबैले दिन अनुरोध समेत गरेका थिए ।

क्लबका संस्थापक अध्यक्ष बयलकोटीले क्लब स्थापनाको १०औं वर्ष प्रवेश गर्दै गर्दा पनि अझ धेरै कुरा सिक्न बाँकी रहेको कुरा उठाउँदै सबै सदस्यहरुलाई लायनवाद बारे अझै जानकारी लिन अनुरोध गरेका थिए ।

कार्यक्रममा क्लबको तर्फबाट अध्यक्ष, सचिव र कोषाध्यक्षले क्लबको हालसम्मको प्रगति विवरण सहित भावी कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थिति सबैलाई क्लब अध्यक्ष रेवती भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…