
पोखरा भ्यूज
पोखरा । लायन्स क्लब अफ पोखरा डल्फिनले नयाँ क्लबलाई चार्टर हस्तान्तरण गरेको छ । आइतवार पोखरामा आयोजित कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले पोखरा डल्फिनले स्पोन्सर गरेको नयाँ क्लब लायन्स क्लब अफ पोखरा ग्लोरीलाई चार्टर हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर केसीले लायन्स क्लब अफ पोखरा डल्फिनले समाज रुपान्तरणमा खेलेको भूमिकाको खुलेर प्रशंसा गर्दै क्लब परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।
डल्फिनले ग्लोरी सहित सात वटा लायन्स क्लब र एउटा लियो क्लब चार्टर गर्न सफल भएको छ । पोखरा ग्लोरी अग्रिम श्रेष्ठ संस्थापक अध्यक्ष रहेको क्लबमा २१ जना संस्थापक सदस्य रहेका छन् ।
कार्यक्रममा डिष्ट्रिक्टका निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले लायन्स क्लब अफ पोखरा डल्फिन सर्भिस, फेलोशिप र लिडरशिपका सबै हिसाबले उत्कृष्ट रहेको भनाई राखेका थिए ।
कार्यक्रममा पिआरओ इन चिफ शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट को–अर्डिनेटर अमृत शोभा खत्री, हरिराज पन्त, सूर्य नारायण बराल, पवित्रराज तिवारी, युवराज खनाल, टंकराज अधिकारी लगायत डिष्ट्रिक्टका सिनियर लिडर र दुवै क्लबका पदाधिकारी एवं सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
लायन्स क्लब पोखरा डल्फिनका अध्यक्ष रेवती भण्डारीको अध्यक्षता, सह–सचिव खिमलाल बरालीको संचालन, क्लबका निवर्तमान अध्यक्ष एवं जोन चेयरपर्सन शान्ताबहादुर लामिछानेको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रम डिष्ट्रिक्ट को–अर्डिनेटर एवं क्लबका पूर्व अध्यक्ष ऋषि गिरीले धन्यवाद ज्ञापन गरेका थिए ।
सो अवसरमा क्लबले डिष्ट्रिक्ट को–अर्डिनेटर एवं क्लबका पूर्व अध्यक्ष ऋषि गिरीलाई आगामी बर्षमा डिष्ट्रिक्टको नेतृत्व लिनका लागि अगाडी बढ़ाउने घोषणा समेत गरेको छ ।











