कास्की आदर्श समाज कतारद्वारा शुभकामना एवं सम्मान कार्यक्रम सम्पन्न

पोखरा भ्यूज
कतार । कास्की आदर्श समाज कतारले अंग्रेज़ी नयाँबर्ष–२०२४ को अवसर पारी शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । समाजले फेब्रुअरी १६, २०२४ शुक्रबारको दिन शुभकामना आदान प्रदान एवं गत बर्ष मुस्लिम धर्मालम्बिहरुको दोश्रो ठूलो पर्व बक्र ईदको अवसर पारेर आयोजित अन्तर नेपाली समुदाय भलिबल प्रतियोगितामा सहयोग गर्ने सहयोगीदातालाई सम्मान गरेको हो ।

“कास्की आदर्शको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापना भएको दोहा कतारको पुरानो संस्था कास्की आदर्श समाज कतारले गतबर्ष गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद विभागको समन्वयमा भलिवल प्रतियोगिता आयोजना गरेको थियो ।
उक्त भलिवल प्रतियोगितालाई सफल बनाउनको लागि आर्थिक नैतिक तथा भौतिक सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान साथै अग्रेजी नयाँ बर्ष तथा नेपालीका मौलिक चाडहरुको अवसरमा शुभकामना आदान प्रदान गर्ने उदेश्यले शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम आयोजना गरेको समाजका सचिव बिष्णु तिमिल्सिनाले बताए । उनिहरुलाई मायाको चिनो, सम्मान पत्र, कदर पत्र, ढाकाटोपी र खादाले सम्मान गरिएको तिमिल्सिनाले बताए ।
कतारको न्यू सलतास्थित कतार च्यारिटीको सभा हलमा आयोजना गरिएको कार्यक्रममा नेपाली राजदुताबास कतारका प्रथम सचिब कृष्ण कुमार सुबेदीको प्रमुख अतिथ्यता, आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष राज रेग्मी, उप–महासचिब प्रविन गुरुङ, गैरआबसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीको बिशेष उपस्थिति रहेको थियो ।

कास्की आदर्श समाज कतारका अध्यक्ष अगन्धर देबकोटा (अग्नि) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेल, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री केदार भुसाल, नेपाली महिला समाजका अध्यक्ष माया केसी, प्रबासी नेपाली मंचका कतारका उपाध्यक्ष प्रेम बिश्वकर्मा, प्रबासी नेपाली एकता मंचका अध्यक्ष मोहम्मद मुत्तदा, माछापुच्छ्रे बैंक कतार प्रतिनिधि बिजयराज अधिकारी, भारतीय समाजका सल्लाहकार संजीव शर्मा, ग्रुप हेड अबीर मेडिकल केन्द्रका डा. निथ्यानन्द, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष दिल कुमार श्रेष्ठ, समाजसेबी क्रान्ति शिंह, करिम बकस मिया, झबिन्द्र बेल्बासी, झबिन्द्र आचार्य, अमिर श्रेष्ठ, पर्वत सेवा समाजका वरिष्ठ उपाध्यक्ष आनन्द जी सी, गोरखा सेवा समाज कतार अध्यक्ष ओमराज गुरुङ, मोना कतार म्याग्दीका का.बा अध्यक्ष बाबुराम भण्डारी, तनहुँ सेवा समाज कतारका अध्यक्ष पदम गिरी, स्याङ्जा सहयोग समाज कतार अध्यक्ष प्रकाश परियार, लमजुङ सेवा समाज कतारका अध्यक्ष सिताराम थापा, बागलुङ सेवा समाज कतारका अध्यक्ष निराजन गौतम, दलित एकता संजालका अध्यक्ष किरण परियार, संचारकर्मी रेडियो ओलिव्बका सोम थापा, मदेशी एकता समाज कतारका अध्यक्ष शिव कुमार महतो, गुल्मी सेवा समाज कतारका अध्यक्ष कमल आर्याल, बिश्वकर्मा समाज कतारका अध्यक्ष सेवक विश्वकर्मा, नेपाल मगर संघ कतार शाखा कतारका प्रतिनिधि रबिना मगर, नौमती बाजा समुहका प्रतिनिधि सुनिल परियार, अर्घाखाँची सेवा समाज कतारका प्रतिनिधि लगायत उपस्थित विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि सामाजिक अभियन्ता, खेलाडी, संस्थाका अग्रज एवं संस्थापक, कस्केली एवं गैरकस्केली शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताले कास्की र पोखराको सुन्दरतासंगै कास्की आदर्श समाजले आयोजना गरेको भिन्न प्रकारको कार्यक्रमको सुन्दरताको प्रशंसा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली राज दुतावासका प्रथम सचिव कृष्ण कुमार सुवेदीले पोखरा सुन्दरताको पारखी रहेको र कतारमा यसको पर्यटन पर्वर्धनको लागि दुतावास सधै तत्पर रहेको आशय ब्यक्त गर्दै दुतावासमा त्यस्तै किसिमका रचनात्मक कार्यक्रमहरुको खाका ल्याउन अनुरोध गरेको संस्थाका सचिब बिष्णु तिमिल्सिनाले जानकारी दिए ।
संस्थाका अध्यक्ष देवकोटाले कार्यक्रम सम्पन्न गर्न आर्थिक नैतिक र भौतिक सहयोग गर्ने सम्पूर्ण सहयोगी दाता, कार्यक्रमको लागि हल उपलब्ध गराउनको लागि कतार च्यारिटीसंग सहकार्य गरी सहयोग गर्ने गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार परिवार तथा अध्यक्ष रमेश भट्ट, प्रथम उपाध्यक्ष कृष्ण पन्थी र कतार च्यारिटी परिवारलाई बिशेष धन्यबाद ज्ञापन गरेका थिए ।























