२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

पौडेल वंश महासंघको दोस्रो गण्डकी प्रदेश अधिवेशनका लागि उपसमिति

पोखरा । पौडेल वंश महासंघको आगामी चैत २४ गते गर्न लागिएको दोस्रो गण्डकी प्रदेश अधिवेशनलाई भव्य र सभ्य बनाउने लक्ष्यका साथ विभिन्न उपसमिति गठन गरिएको छ ।
महासंघ गण्डकी प्रदेश समितिका सचिव रामजी पौडेलको अध्यक्षता एवम् पौडेल वंश महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलको प्रमुख आतिथ्यतामा पोखरामा आज सम्पन्न बैठकले आसन्न प्रदेश अधिवेशनलाई लक्षित गरी विभिन्न उपसमितिहरू गठन गर्ने निणर्य गरेको हो ।
बैठकले पौडेल वंश महासंघ गण्डकी प्रदेश समितिका सचिव रामजी पौडेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । समितिको सदस्य सचिवमा कृष्णप्रसाद पौडेल(स्याङ्जा) रहेका छन् भने अन्य सदस्यमा कृष्णप्रसाद पौडेल, धनञ्जय पौडेल, उपेन्द्र पौडेल, प्रेमप्रसाद पौडेल र दुर्गादत्त पौडेल रहेका छन् ।
कृष्णप्रसाद पौडेलको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ । सदस्यहरूमा धनञ्जय पौडेल, विश्वनाथ पौडेल, टंकप्रसाद पौडेल र गोपाल पौडेल छन् ।
त्यस्तै प्रचारप्रसार समितिको उपसमितिको संयोजकमा राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल र निर्वाचन उपसमितिको संयोजकमा दीपक पौडेललाई चयन गरिएको छ ।
बैठकमा पौडेल बंश महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले बंशीय उत्थान र एकताका साथै राष्ट्र र समाजको समग्र उन्नयनका लागि पौडेल बंश महासंघका केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्मका समितिहरू कृयाशिल बन्ने बताए ।
बैठकका अध्यक्ष एवम् पौडेल वंश महासंघ गण्डकी प्रदेश समितिका सचिव रामजी पौडेलले महासंघको दोस्रो प्रदेश अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न गठित उपसमितिहरू सकृयताका साथ लाग्ने विश्वास व्यक्त गरे ।
बैठकमा महासंघका केन्द्रीय उपाध्यक्ष(गण्डकी) शारदा पौडेल, केन्द्रीय सदस्य छत्रधर आत्रेय, प्रा.डा.कृष्ण पौडेल, देवीलाल पौडेल, रुद्रप्रसाद पौडेल लगायतको उपस्थिति थियो ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…