२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी पूरा

पोखरा भ्यूज
काठमांडौ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । काठमांडौं, नुवाकोट, काभ्रे र गण्डकी प्रदेशका ८ जिल्ला सहित ११ जिल्ला समेटिएको डिष्ट्रिक्ट ३२५ आई नेपालको चैत्र तीन गते राष्ट्रिय सभागृह काठमांडौमा हुने दोस्रो महाधिवेशनको तयारी पूरा भएको महाधिवेशन मूल आयोजक समितिका संयोजक महेश पाण्डेले बताए ।
प्रतिनिधि सभाका उप–सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यता सम्पन्न हुने महाधिवेशनमा डिष्ट्रिक्ट ३२५ आई नेपालमा आबद्ध १ सय ८० क्लबहरुबाट करिव १ हजार ५ सय बढ़ीको उपस्थिति रहने डिष्ट्रिक्टका क्याविनेट सेक्रेटरी समेत रहेका संयोजक पाण्डेले बताए ।

सामाजिक क्षेत्रमा सक्रिय उक्त डिष्ट्रिक्टले महाधिबेशन मार्फत आगामी लायन वर्ष २०२४/२५ का लागि नयाँ नेतृत्व चयन गर्ने छ । अधिबेशनबाट हालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना डिष्ट्रिक्ट गभर्नर पदमा निर्वाचित हुने छन् ।

त्यस्तै, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा हालका द्वित्तिय भाइस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे र हालका चिफ डिष्ट्रिक्ट एड्भाईजर सूर्य कुमार केसी द्धित्तिय भाइस डिष्ट्रिक्ट गभर्नर निर्वाचित हुनेछन् ।
अधिवेशनमा नेतृत्व चयनसँगै डिष्ट्रिक्टले प्राप्त उपलब्धीहरुको समिक्षा, क्लब र डिष्ट्रिक्टमा उत्कृष्ट कार्य गर्ने लायन्स सदस्यहरुलाई अवार्डेड सहित पुरस्कारहरु वितरण लगायतका गतिविधि हुनेछन् ।
अधिबेशन व्यवस्थित र उत्कृष्ट तवरले सम्पन्न गर्न डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी महेश पाण्डेको नेतृत्वमा विभिन्न उपसमितिहरु तथा सल्लाहकार मण्डल समेत गठन भएका छन् । कार्यक्रम व्यवस्थापन गर्नको लागि लायन्स क्लब अफ काठमाडौं मिड टाउनले होस्ट क्लबको जिम्मेवारी प्राप्त गरेको छ ।
महाधिवेशन उद्घाटनको पूर्व सन्ध्यामा महाधिवेशन स्थल परिसरमा पिस परेड हुनेछ । उक्त परेडमा क्लबको लेटर हेड वा क्लबको पहिचान हुने गरी क्लबले बर्ष भरी सम्पादन गरेका सामाजिक सेवा कार्य झल्किने ब्यानर सहित उपस्थित हुन अनुरोध गरिएको ब्यानर व्यवस्थापन एवं मूल्याङकन उपसमिति संयोजक अमृत शोभा खत्रीले जानकारी गराईन् । महाधिवेशनमा लियो डिष्ट्रिक्ट ३२५ आई नेपालको पनि अधिवेशन हुदैछ ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…