२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

ढुंगाना बने डिष्ट्रिक्ट गभर्नर

काठमांडौ । विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नरमा पोखराका विनोद ढुंगाना चुनिएका छन् । डिष्ट्रिक्टको शनिवार काठमांडौंमा सम्पन्न दास्रो महाधिवेशनबाट ढुंगाना डिष्ट्रिक्ट गभर्नरमा चुनिएका हुन् ।

सन् २००७ देखि अनवरत रूपमा लायन्समा सक्रिय रहेका ढुंगाना १७ वर्ष पछि डिष्ट्रिक्ट गभर्नर बन्न सफल भएका छन्, उनको होम क्लव लायन्स क्लव अफ पोखरा अभियान रहेको छ ।

क्लव अध्यक्ष देखि नै डिष्ट्रिक्टको विभिन्न जिम्मेवारीमा रही कहिल्यै दोस्रो हुन नजानेका ढुंगाना २०१९ मा क्याविनेट सेक्रेटरी हुदै २०२२/२३ मा भाइस डिष्ट्रिक्ट गभर्नर भएका थिए ।

लायनवादमा विगत १७ वर्षदेखि अनवरत रूपमा सक्रिय रहदै डिष्ट्रिक्टका विभिन्न पदमा रहेर सफलताका साथ आफ़ना जि़म्मेवारी सम्हाल्दै आएका ढुंगानालाई डिष्ट्रिक्ट ३२५ आई नेपालको भाईस डिष्ट्रिक्ट गभर्नर पदमा लायन्स क्लब अफ पोखरा अभियानले दुई बर्ष अघि प्रस्तुत गरेको थियो ।

कुनै पनि कार्य सम्पादनमा उनमा रहेको योजनाबद्वता, स्पष्टवादिता, पारदर्शिता, लगनशीलता, विषयगतको ज्ञान एवं क्षमता र दृढ़ संकल्पले डिष्ट्रिक्टलाई आशातित उचाईमा पुर्रयाउन सक्ने क्षमता उनमा रहेको ढुंगानाको होम क्लबका लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष मात्रिका पोखरेलको भनाई छ ।

ढुंगाना एक सफल व्यवसायी मात्र नभई विभिन्न सामाजिक संघ संस्थामा समेत कुशल नेतृत्व प्रदान गरिसकेका छन् । उनी लायन्स डिष्ट्रिक्टको महत्वपूर्ण पदमा रही सेवा, सक्रियता र योगदानका हिसाबले पनि एउटा छुट्टै पहिचान र अस्तित्व बनाएका व्यक्ति हुन । लायन्सका विभिन्न तालिम तथा सेमीनारमा सहभागी भई लायनवादको मुल्य र मान्यतामा समर्पित रहेका एक सफल समाजसेवीका रूपमा चिनिन्छन् । लायन्सको हरेक सदस्यहरु माझ भिजेर काम गरेका उनि लायन्स सदस्यहरुको मन र विश्वास जित्नेमा आफु ढुक्क रहेको ढुंगाना बताउँछन् ।

पाण्डे फष्ट भाइस गभर्नर र केसी द्वितीय भाइस गभर्नर बने

ढुंगाना डिष्ट्रिक्ट गभर्नर बन्दा डिष्ट्रिक्टको फष्ट भाइस गभर्नरमा पार्वती खरेल पाण्डे र द्धित्तीय भाइस गभर्नरमा सूर्य कुमार केसी बनेका छन् । पाण्डेको होम क्लव काठमाडौं परोपकार हो भने केसीको काठमांडौं साकुरा रहेको छ ।

२०१२ देखि नै डिष्ट्रिक्टमा सक्रिय पाण्डे २०२३ मा द्धित्तीय भाइस डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएकी छन् । २०१३ देखि लायन्समा लागेका केसी २०२४ मा द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बनेका छन् ।

अन्य पदमा को–को ?

डिष्ट्रिक्टको दोस्रो महाधिवेशनबाट क्याविनेट सेक्रेटरीमा अमृत प्रसाद तिवारी, कोषाध्यक्षमा पबित्रराज तिवारी, प्रमुख सल्लाहकारमा शैलेन्द्र मोहन भटराई, डिष्ट्रिक्ट चिफ पिआरओमा बिष्णु प्रसाद भण्डारी मनोनित भएका छन् ।

त्यसैगरी, डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटरमा हरिराज पन्त र महेश पाण्डे, फाईन्संसियल एडमिनिट्रेटरमा सूर्यनारायण बराल र सन्तोष रावल मनोनित गरिएको छ । डिष्ट्रिक्ट को–चिफ एडभाईजरमा ऋषि गिरी, जनार्जन फुयाल, शान्तादेवी भण्डारी, अमृतशोभा खत्री, महेन्द्रकुमार राठीलाई मनोनित गरेका छन् ।

लक्ष्य र योजना के–के छन् ?

गभर्नर ढुंगानाले आफ्नो कार्यकालमा मानवता हाम्रो प्राथमिकतामा आधारित भएर कार्य गरिने बताउँछन् । मानविय सेवाका कार्य अन्तर्गत घरदेखि घाटसम्म (मान्छेको अन्तिम संस्कार)सम्मका जोडिने रहेका छन् । त्यस्तै, अपाङ्गता हाम्रो आत्मियता, हंगर रिलिफ, क्लोथ बैक, डिष्ट्रिक्ट मोबाइल एप साथै लायन्स मार्फत युवालाई जोड्ने कार्य मुख्य प्राथमिकतामा राखिएको उनले जनाए ।

साथै, गभर्नर ढुंगानाले स्वास्थ्य जनचेतना एवं स्वास्थ्य प्रवर्द्धन कार्यक्रम मधुमेह सचेतना तथा निःशुल्क शिविर, क्यान्सर सचेतना तथा स्क्रिनिङ कार्यक्रम, रक्तदान, स्वास्थ्य शिविर, आँखा शिविर र डेण्टल शिविर सञ्चालन लगाएत रहेका छन् ।

यसैगरी संस्थाको शुढिद्विकरण अन्तर्गत क्लवको स्थायी सदस्य बनाउने अभियान, प्रत्येक क्लवमा कम्तिमा पाँच जना सदस्य थप्ने अभियान, पूर्व लियोलाई लायन सदस्य बनाउने अभियान, क्लव फर्काउँ अभियान, सरसफाइ सचेतना लगायतका अभियान सञ्चालन गर्ने ढुंगानाका योजना छन् ।

यस अघि महाधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनिधि सभाका उप–सभामुख इन्दिरा राना मगरले आफु लायन्समा आवद्व नभएपनि लायन्सका गतिबिधिप्रति जानकार रहेको बताईन् । लायन्सले बाढ़ी पैहरो, भूकम्प कोरोनाकाल, बिपतका बेला मुलुकप्रति देखाएको सहयोग अतुलनिय रहेको उनको भनाई थियो । राजनितीमा आउनुअघि गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्षका रूपमा ३ दशकदेखि उक्त काममा संलग्न रहेको बताउदै रानाले त्यस क्रममा जेलमा बस्नुपर्ने विवशतामा रहेका सयौँ बालबालिकाको उद्धार गरी समाजसेवाको कार्य गरेको बताईन् । उनले जेल सजाय भोगिरहेका महिलाहरूका कलिला सन्तानलाई शिक्षा, अधिकार र सुरक्षितबाल्यकाल प्राप्तिको लागि काम गरिरहेको उनको भनाई थियो । 

सो अवसरमा प्रमुख अतिथि रानाले दोस्रो महाधिवेशन सम्बन्धि स्मारिका विमोचन गरेकी थिईन् । 

डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको अध्यक्षतामा सम्पन्न क़ार्यक्रममा विशिष्ट अतिथि लायन्सकाअन्तर्राष्ट्रियका पूर्व डाईरेक्टर ई.संजय खेतान, लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजनलम्साल पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल लगाएतलेलायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले विश्व इतिहास क़ायम गरेको बताए । डिष्ट्रिक्ट आई ले यस बर्ष गरेकाकार्य वर्णन गरी साध्य नभएको उनिहरूको भनाई थियो । 

गभर्नर केसीले गत जुलाई एक देखि हालसम्म (कार्यकाल सुरु नौ महिनाको अवधिमा) उत्कृष्ट कार्य गर्ने क्याविनेटका पदाधिकारी एवं लायन्स लिडरहरूलाई अन्तर्राष्ट्रिय पेसिडेन्ट मेड़ल, डिष्ट्रिक्ट गभर्नर मेडल, सम्मानपत्र लगाएत सम्मान गरेका थिए ।

गभर्नर केसी अहिले सर्जक एवं गायक प्रकाश दूतराजलाई सम्मान गरेका थिए भने दूतराजका आफ्ना सांगितिक प्रस्तुतिले माहोल रमणीय बनेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…