39Shares
काठमांडौ । विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नरमा पोखराका विनोद ढुंगाना चुनिएका छन् । डिष्ट्रिक्टको शनिवार काठमांडौंमा सम्पन्न दास्रो महाधिवेशनबाट ढुंगाना डिष्ट्रिक्ट गभर्नरमा चुनिएका हुन् ।
सन् २००७ देखि लायन्समा लागेका ढुंगाना लायन्समा १७ वर्षको सक्रियता पछि डिष्ट्रिक्ट गभर्नर बन्न सफल भएका छन् । उनको होम क्लव लायन्स क्लव अफ पोखरा अभियान रहेको छ ।
क्लव अध्यक्ष देखि नै डिष्ट्रिक्टको विभिन्न जिम्मेवारीमा रही कहिल्यै दोस्रो हुन नजानेका ढुंगाना २०१९ मा क्याविनेट सेक्रेटरी हुदै २०२२/२३ मा भाइस डिष्ट्रिक्ट गभर्नर भएका थिए ।
लायनवादमा विगत १७ वर्षदेखि अनवरत रूपमा सक्रिय रहदै डिष्ट्रिक्टका विभिन्न पदमा रहेर सफलताका साथ आफ़ना जि़म्मेवारी सम्हाल्दै आएका ढुंगानालाई डिष्ट्रिक्ट ३२५ आई नेपालको भाईस डिष्ट्रिक्ट गभर्नर पदमा लायन्स क्लब अफ पोखरा अभियानले दुई बर्ष अघि प्रस्तुत गरेको थियो ।
कुनै पनि कार्य सम्पादनमा उनमा रहेको योजनाबद्वता, स्पष्टवादिता, पारदर्शिता, लगनशीलता, विषयगतको ज्ञान एवं क्षमता र दृढ़ संकल्पले डिष्ट्रिक्टलाई आशातित उचाईमा पुर्रयाउन सक्ने क्षमता उनमा रहेको ढुंगानाको होम क्लब लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष मात्रिका पोखरेलको दावी छ ।
ढुंगानाले एक सफल व्यवसायी मात्र नभई विभिन्न सामाजिक संघ संस्थामा समेत कुशल नेतृत्व प्रदान गरिसकेका छन् । उनी लायन्स डिष्ट्रिक्टको महत्वपूर्ण पदमा रही सेवा, सक्रियता र योगदानका हिसाबले पनि एउटा छुट्टै पहिचान र अस्तित्व बनाएका व्यक्ति हुन । लायन्सका विभिन्न तालिम तथा सेमीनारमा सहभागी भई लायनवादको मुल्य र मान्यतामा समर्पित रहेका एक सफल समाजसेवीका रूपमा चिनिन्छन् । लायन्सको हरेक सदस्यहरु माझ भिजेर काम गरेका उनि लायन्स सदस्यहरुको मन र विश्वास जित्नेमा आफु ढुक्क रहेको ढुंगाना बताउँछन् ।
पाण्डे फष्ट भाइस गभर्नर  केसी द्वितीय भाइस गभर्नर बने
ढुंगाना डिष्ट्रिक्ट गभर्नर बन्दा डिष्ट्रिक्टको फष्ट भाइस गभर्नरमा पार्वती खरेल पाण्डे र द्धित्तीय भाइस गभर्नरमा सूर्य कुमार केसी बनेका छन् । पाण्डेको होम क्लव काठमाडौं परोपकार हो भने केसीको काठमांडौं साकुरा रहेको छ ।
२०१२ देखि नै डिष्ट्रिक्टमा सक्रिय पाण्डे २०२३ मा द्धित्तीय भाइस डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएकी छन् । २०१३ देखि लायन्समा लागेका केसी २०२४ मा द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बनेका छन् ।
अन्य पदमा कोको ?
ढुंगानाले डिष्ट्रिक्टको दोस्रो महाधिवेशनबाट क्याविनेट सेक्रेटरीमा अमृत प्रसाद तिवारी, कोषाध्यक्षमा पबित्रराज तिवारी, प्रमुख सल्लाहकारमा शैलेन्द्र मोहन भटराई, डिष्ट्रिक्ट चिफ पिआरओमा बिष्णु प्रसाद भण्डारीलाई मनोनित गरेका छन् ।
त्यसैगरी, डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटरमा हरिराज पन्त र महेश पाण्डे, फाईन्संसियल एडमिनिट्रेटरमा सूर्यनारायण बराल र सन्तोष रावल साथै डिष्ट्रिक्ट को–चिफ एडभाईजरमा ऋषि गिरी, जनार्जन फुयाल, शान्तादेवी भण्डारी, अमृतशोभा खत्री, महेन्द्रकुमार राठीलाई मनोनित गरेका छन् । बाँकी पदमा छिट्टै नै पूर्णता दिने ढुंगानाले बताए ।
लक्ष्य  योजना केके छन् ?
गभर्नर ढुंगानाले आफ्नो कार्यकालमा मानवता हाम्रो प्राथमिकतामा आधारित भएर कार्य गरिने बताउँछन् । मानविय सेवाका कार्य अन्तर्गत घरदेखि घाटसम्म (मान्छेको अन्तिम संस्कार)सम्मका जोडिने रहेका छन् । त्यस्तै, अपाङ्गता हाम्रो आत्मियता, हंगर रिलिफ, क्लोथ बैक, डिष्ट्रिक्ट मोबाइल एप साथै लायन्स मार्फत युवालाई जोड्ने कार्य मुख्य प्राथमिकतामा राखिएको उनले जनाए ।
साथै, गभर्नर ढुंगानाले स्वास्थ्य जनचेतना एवं स्वास्थ्य प्रवर्द्धन कार्यक्रम मधुमेह सचेतना तथा निःशुल्क शिविर, क्यान्सर सचेतना तथा स्क्रिनिङ कार्यक्रम, रक्तदान, स्वास्थ्य शिविर, आँखा शिविर र डेण्टल शिविर सञ्चालन लगाएत रहेका छन् ।
यसैगरी संस्थाको शुढिद्विकरण अन्तर्गत क्लवको स्थायी सदस्य बनाउने अभियान, प्रत्येक क्लवमा कम्तिमा पाँच जना सदस्य थप्ने अभियान, पूर्व लियोलाई लायन सदस्य बनाउने अभियान, क्लव फर्काउँ अभियान, सरसफाइ सचेतना लगायतका अभियान सञ्चालन गर्ने ढुंगानाका योजना छन् ।
39Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected