२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
पर्यटन

पर्यटन बोर्डको सदस्यमा भण्डारी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको संचालक समिति सदस्य पदमा कास्कीको अन्नपूर्ण गाउँपालिका-२, ढिकुरपोखरीका युवा पर्यटन व्यवसायी ऋषि भण्डारी नियुक्त भएका छन् । 

काठमांडौ गार्ड़ेन होमका निर्देशक, पदयात्रा तथा हिमाल आरोहण संचालन गर्ने संस्था सतोरी एडभान्चर प्रालिका प्रबन्ध निर्देशक, हिमाल आरोहण संचालन गर्ने व्यवसायीहरुको छाता संगठन पर्वतारोहण संचालक संघ नेपालको महासचिब समेत रहेका भण्डारी एक सफल युवा पर्यटन व्यवसायी हुन् ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले बोर्डको रिक्त पदमा उनी सहित रामप्रसाद सापकोटा र राजेन्द्र लामालाई नियुक्त गरेको हो ।

पर्यटन व्यवसायी ठाकुरराज पाण्डेको नेतृत्वमा गठित बोर्ड सदस्य छनोट तथा सिफारिस समितिले मंगलबार ५ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

०८० माघ २२ गते आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्दै उपाध्यक्ष समेत रहेका चन्द्र रिजालसहित सदस्यद्वय कृष्ण शाह र नवाङ मिया शेर्पा बोर्डबाट बाहिरिएसँगै पर्यटन बोर्डमा तीन जना सदस्यको पद रिक्त हुन पुगेको थियो ।

Read more

फ्लाई दुबईबाट सिधै पोखरा ओर्लिए विदेशी टिकटकर्स, स्वागतले भए दंग

पोखराको पर्यटन विश्वभर चिनाउन सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपालमा, विदेशी पाहुनालाई पोखरा विमानस्थलमै भव्य स्वागत पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पाहुनाको आगमनसँगै पर्यटन प्रवर्द्धनको नयाँ उत्साह…

६६ वर्षपछि आफ्नै गाउँमा धवलागिरि दिवस : मुदीबाट विश्वलाई हिमालको सन्देश

टंकराज अधिकारी । धवलागिरि हिमाल मा मानव पाइला परेको ६६ वर्षपछि पहिलोपटक यसको आरोहण दिवस हिमालकै काखमा मनाइएको छ। वर्षौंदेखि पोखरा र काठमाडौंमा सीमित रहने कार्यक्रम यसपटक धवलागिरि…

फेवा महोत्सवमा पर्यटक दौड

पोखरा, ३० चैत । पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन्…

आन्तरिक पर्यटन प्रवर्द्धनमा ‘जाउँ है पोखरा’ अभियान सम्पन्न, कनेक्टिभिटी विस्तारमा जोड

पोखरा, १४ चैत — आन्तरिक पर्यटन प्रवर्द्धन, पर्यटक आदानप्रदान र यातायात कनेक्टिभिटी सुदृढ गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘जाउँ है पोखरा’ अभियान शुक्रबार मकवानपुरको हेटौंडामा समापन गरिएको छ। चैत…

पोखरा भ्रमणको विशेष निम्तोसहित पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान सक्रिय

नेपालको औद्योगिक केन्द्र विराटनगर का बासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको विशेष निम्ता दिँदै ‘जाउँ है पोखरा’ अभियान पूर्वी नेपालमा सक्रिय बनेको छ। करिब २५ वर्षदेखि निरन्तर सञ्चालन हुँदै…

घान्द्रुक पर्यटन महोत्सवको पूर्वसन्ध्यामा पोखरामा च्यारिटी डिनर, ९ लाखभन्दा बढी आर्थिक संकलन

पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुकमा आगामी फागुन ६ देखि ९ गतेसम्म आयोजना हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको छ। घान्द्रुक पर्यटन…