129Shares

पोखरा । रोटरी क्लब अफ पोखरा न्यूरोड  बाबा फ़ाउण्डेशन नेपालको संयुक्त आयोजना कान्तिपूर डेण्टल कलेज न्यूरोड पोखराको प्राविधिक सहयोगमा दन्त शिविर, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धि एक दिने शिविर सम्पन्न भएको

पोखरा१९, घार्मीस्थित महेन्द्र माध्यमिक बिधालयमा अध्ययनरत बिधार्थी, शिक्षक/शिक्षिका अभिभावककालागि मानसिक स्वास्थ्यको निदान उपचारसम्बन्धि जानकारी गराईएको थियो शिविरमा बिधार्थी, अभिभावक, शिक्षक सहित करिव २५० जनाले सेवा लिएका थिए

कार्यक्रममा ब्रह्मकुमारी राजयोगका प्रशिक्षक बिन्नी पराजुलीले पछिल्लो समयमा सामान्य कुरामा पनि सहन गर्ने क्षमता मानिसमा नहुँदा आत्महत्या गर्नेको संख्या बढ़दै गएको बताईन् तनावबाट बच्नका लागि जीवनशैली परिवर्तन गर्न आवश्यक रहेको बताउदै मनमा आउने नकारात्मक सोच हटाउनु पर्नेमा जोड दिएकी थिईन् । उनले व्यक्तित्व विकास एवं चरित्र निर्माणको आधार राजयोग ध्यानको माध्यमबाट सकारात्मक चिन्तनका साथ जीवन जिउने कला सहित तनावबाट मुक्ति पाउन सकिने भनाई राखेकी थिईन्

कान्तिपूर डेण्टल कलेजका डाक्टर अनुजा काफ्लेले दाँत तथा मुखको रोगले मुखमा मात्र सीमित नभई यसले शरीरका अरु अंगमा पनि प्रभाव पार्ने बताउदै दाँतको समस्या, दाँतमा लाग्ने रोगका प्रकार, यसले पार्ने दीर्घकालीन असर समाधानका बारेमा आफ्ना भनाई राखेकी थिईन्

रोटरी क्लब पोखरा न्यूरोडका अध्यक्ष रामबिक्रम अधिकारीको अध्यक्षता पोखरा महानगरपालिका१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  बिधालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल, बिधालयका प्रअ बासुदेव पौडेल, बाबा फ़ाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीलगाएतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए

क्लबका सचिव पुष्पराज पराजुलीको संचालनमा रहेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष शुवाश सिग्देल, पुष्पकमल पौडेल, प्रेम शर्मा, क्लबका इलेक्ट प्रेसिडेन्ट दीपेन्द्र शर्मा, कोषाध्यक्ष छबी सुवेदी, सर्भिस कमिटी चेयरपर्सन नरेन्द्र बास्तोला लगाएत क्लब पदाधिकारी, कान्तिपूर डेण्टल कलेजका डाईरेक्टरद्वय प्रतीकमान श्रेष्ठ, बृष्टि गुरूङ लगाएतको उपस्थिति रहेको थियो

129Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected