२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026
खबर

पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङले क्लबको तेस्रो साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले लायन बर्ष २०२४/२५ का लागि नयाँ कार्यसमिति चयन गरेको छ । 

क्लबको शनिवार सम्पन्न निर्वाचनले हालका प्रथम उपाध्यक्ष गोविन्द शर्मालाई आगामी कार्यकालको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनको कार्यकाल आगामी जुलाई एक गते देख़ि सुरु हुनेछ भने उनि क्लबको तेस्रो अध्यक्ष भएका छन् ।

क्लबको प्रथम उपाध्यक्षमा माधब अधिकारी, द्वित्तिय उपाध्यक्षमा राजु कार्की, तृतीय उपाध्यक्षमा विष्णुप्रसाद सुवेदी, सचिव केदारनाथ त्रिपाठी, कोषाध्यक्ष शिबराज अधिकारी, सह–सचिव शिवराम दाहाल र सह–कोषाध्यक्षमा रन्जनराज सुवेदी निर्वाचित भएको क्लबका संस्थापक अध्यक्ष एवं निर्वाचन अधिकृत रहमोहन सुवेदीले जानकारी दिए ।      

यसैगरी, क्लब एडमिनिट्रेटरमा शुशील पौडेल, मेम्बरसिप चियरपर्शन विश्व मोहन सुवेदी, एलसिआईएफ को–अर्डिनेटर मदन केसी, सर्भिस चेयरपर्सनमा देवेन्द्र केसी, मार्केटिङ एण्ड कम्युनिकेशन चेयरपर्सनमा राजु कहर चयन भएका छन् ।

यस्तै, डाइरेक्टरमा स्वास्थ्यमा हरिप्रसाद दाहाल, खेलकुदमा दीपक सापकोटा र शिक्षामा अर्जुन सुबेदी निर्वाचित भएको निर्वाचन संयोजक सुवेदीले जनाए । निर्वाचन समितिमा सुवेदी सहित क्लब सदस्य जिवनप्रसाद श्रेष्ठ र माधव भण्डारी रहेका थिए ।

निर्वाचन समापन पश्चातको कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद ढुंगानाले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए । उनले सामाजिक र मानवीय सेवाका क्षेत्रमा रचनात्मक काम गर्न सुझाव दिदैं क्लबमा पूराना र अनुभवी साथीहरू हुनुहुन्छ, पूर्व अध्यक्षहरुले गरेका राम्रा कार्य मात्र पछ्याउदै गए पनि क्लबले उत्कृष्ट कार्य सक्ने भनाई राखेका थिए ।

सो अवसरमा क्लबका ४ जना नयाँ सदस्य हरिप्रसाद दाहाल, दीपक सापकोटा, सुवाश शर्मा, बिनोद केसीलाई इलेक्ट डिष्ट्रिक्ट गभर्नर ढुंगानाले लायन्स अन्तर्राष्ट्रियबाट प्राप्त लायन्स पिन र लायन्स सदस्य प्रमाण-पत्र प्रदान गरेका थिए ।

क्लबका अध्यक्ष मदन केसीको अध्यक्षता सचिव होमबहादुर अधिकारीको संचालनमा रहेको क्लबको साधारण सभामा डिष्ट्रिक्ट को–अर्डिनेटर हरिराज पन्त, पवित्रराज तिवारी, टंकराज अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

सन् २०२२/२३ मा स्थापना भएको क्लब फर्निसिंगले पोखरा प्रोफेशनल र पोखरा स्मार्ट गरी दुई वटा क्लब स्पोन्सर गरेको छ ।

Read more

गण्डकी कांग्रेसको नेतृत्वमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा गंगाधर पराजुलीको चर्चा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी…

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…