36Shares

काठमांडौ । नेपाल वितरक महासंघको १२ औं साधारणसभा काठमांडौंमा हुने भएको  यहि आउँदो चैत्र २४ गते काठमाण्डौ बुढानिलकण्ठस्थित लेमन टि प्रिमियर होटलमा सम्पन्न हुन गईरहेको साधारणसभाको तयारी तीव्र पारिएको नेपाल वितरक महासंघका केन्द्रिय अध्यक्ष हरिराज पन्तले जानकारी दिए 

अध्यक्ष पन्तका अनुसार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुन गईरहेको साधारण सभामा ४२ जिल्लाका २०० बढि प्रतिनिधि सहित विभिन्न क्षेत्रमा संलग्न ब्यवसायी एवं सामाजका प्रतिष्ठित व्यक्तिहरुको समेत सहभागिता रहने छ ।

नेपालमा उत्पादन भएका एवं बाह्य बजारबाट आयात गरिएका विभिन्न उत्पादनहरु वितरण तथा बजारीकरणमा संलग्न व्यवसायीहरु समेटिएको महासंघ एक मात्र अभिभावकीय संस्थाको रूपमा परिचित छ 

36Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected