२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

सुशासन प्रयोग नगर्दा भष्ट्रचारका उजुरी बढे-शर्मा

स्याङ्जा । मुलुकमा नयाँ संविधान जारी भएसगै बनेको संघियतापछि अख्तियारमा उजुरी दिने संख्या बढ्न थालेको एक कार्यक्रममा बताइएको छ । स्याङ्जाको वालिङ नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आयोजना गरेको पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा सुशासनका औजारहरु प्रयोग गर्न नजान्दा उजुरीहरु बढ्न थालेको बताइएको हो । आयोगको कार्यालय पोखराका उपसचिव नविन शर्माले अन्तरक्रियामा पेश गरेको प्रतिवेदनमा सबैभन्दा बढी उजुरी सुशासनकै कमजोरीका कारण उजुरी परेको जानकारी दिए ।
उपसचिव शर्माले प्रस्तुत गरेको प्रतिवेदन अनुसार अख्तियारमा उजुरी पर्ने कारणहरुमा शासन व्यवस्थ फेरिएपनि उस्तै कार्यशैलि, न्युन स्रोत साधनमा असिमित अपेक्षाहरु पुरा गर्नुपर्ने, काममा दोहोरोपना, तीन तहको सरकारबीच समन्वय र सहकार्य कमजोर रहनु, स्थानीय तहका जनप्रतिनिधिको कार्यशैलिमा स्वेच्छाचारिता, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण जस्ता शुसासनका औजारहरुको वास्तविक प्रयोग नहुनुलगायतले अख्तियारमा उजुरी दिनेको संख्या बढ्न गएको अनुमान लगाइएको छ । कतिपय उजुरीहरु रिसिवीका कारण पनि पर्नेगरेको प्रतिवेदनमा उनले उल्लेख गरेका छन् ।
वालिङ नगरपालिकाभित्र रहेका संघिय, प्रदेश कार्यालयका प्रमुख तथा प्रतिनिधि, नगरभित्र रहेका सामुदायीक विद्यालयका प्रधानाध्याप तथा व्यवस्थापन समितिका अध्यक्ष, नगरपालिका कार्यालयका विभिन्न शाखा प्रमुखहरु, उपभोक्ता समिति, संचारकर्मी र जनप्रतिनिधिहरु बिच गरिएको भष्ट्रचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्वन्धी अन्तरक्रियामा केही कानुनी अड्चनका कारण पनि विकास निर्माण र खर्चमा समस्या हुने गरेको सहभागीहरुले बताएका थिए ।
कार्यक्रममा आयोगका उपसचिव नवराज शर्माले अख्तियार दुरुपयोग आयोगमा कसरी भ्रष्टाचार सम्बन्धी उजुरी दर्ता गर्ने, कस्ता कार्य कानुनतह भ्रष्टाचार हुन्, यसका कानुनी उपचार, सजाँय, पालिकामा कसरी नितिसम्मत योजनाहरु सम्पन्न गरी भ्रष्टाचार मुक्त र सुशासन युक्त बनाउन सकिन्छ भन्ने बिषयमा सहजिकरण गरेका थिए । उनले दिएको जानकारी अनुसार अख्तियार दुरुपयोग आयोगमा आर्थिक वर्ष २०७९/८० कुल २८ हजार ६७ उजुरी परेकोमा १८ हजार ७ सय ९९ उजुरी फछ्र्यौट भएको जानकारी दिए । ति मुद्धामध्ये १६२ वटा मुद्धा अदालतमा दर्ता भएको जानकारी दिए । त्यस्तै स्याङजामा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको ४८ र चालू आर्थिक वर्षमा दर्ता भएको ८५ गरी कुल १ सय ३३ उजुरी मध्ये ८८ वटा उजुरी फछ्यौट भएको र ४५ वटा उजुरी अनुसन्धानकै क्रममा रहेको जानकारी शर्माले दिए । वालिङमा पनि गत वर्षबाट जिम्मेवारी सरेर आएको ८ चालु वर्षमा दर्ता भएको ९ गरी कुल १७ उजुरीमा ८ वटा फछ्यौट भएका छन् भने बाँकी ९ वटा उजुरी अनुसन्धानमै रहेको बताए ।
अन्तरक्रियामा वालिङ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले केहि व्यक्तिहरुले आफ्नो स्वार्थपुर्तिका लागी नकरात्मक नियतका साथ अख्तियारमा उजुरी गर्ने गरेको भन्दै यसलाई पनि अख्तियारले सुस्म ढंगले हेर्नुपर्ने बताए । शर्माले पछिल्लो समय स्थानीय विकास योजनाहरुमा जनसहभागिता कम भएको भन्दै यसमा जनप्रतिनिधिहरु तथा आम सर्वसाधारण प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए । जनप्रतिनिधि नै ठेकेदार हुने समस्याले काम गर्न गाह्रो हुनेगरेको दुखेसो शर्माको थियो ।
कार्यक्रममा वालिङका जनप्रतिनिधि, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षक, सुरक्षानिकाय, संचारकर्मी लगायतका सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले नैतिक तथा आर्थिक भ्रष्टाचारका विषयमा आफ्ना जिज्ञासाहरु राखेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…