54Shares

काठमाडौं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले व्यवसायीलाई नीतिगत रुपमा कुनै अप्ठ्यारो परेको भए सहजीकरण गर्नको लागि सदैव तयार नै रहने बताएका छन् नेपाल वितरक महासंघको शनिबार काठमांडौमा सम्पन्न १२ औं साधारण सभाको उद्घाटन गर्दै मन्त्री गिरीले उक्त कुरा बताएका हुन्

देशभरका वितरक संघबाट प्रतिनिधित्व गर्दै उपस्थित भएका करिब सय बढी व्यक्तिहरुको उपस्थिति रहेको साधारण सभामा प्रमुख अतिथि समेत रहेका मन्त्री गिरीले वितरक व्यवसायीहरुले राष्ट्रमा पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै व्यवसायलाई व्यवस्थित बनाउँदै लैजानु पर्नेमा जोड दिए 

महासंघका केन्द्रीय अध्यक्ष हरिराज पन्तले वितरक व्यवसायीहरुले वाणिज्य ऐन, यातायात व्यवस्था ऐन लगायतका केही अमिल्दा ऐन नियमहरुमा सुधार तथा संशोधनको आवश्यकता रहेको बताएका थिए

सो अवसरमा संस्थाको उन्नती र प्रगतीकोलागी अनवरत लागि रहेका नेपाल बितरक महासङका सचिब कृष्णराज श्रेष्ठलाई सम्मान गरीएको थियो ।

कार्यक्रममा वितरक व्यवसायीहरुको अलावा अतिथिको रुपमा अन्य विभिन्न क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, समाजसेवी लगायतको समेत उपस्थिति रहेको थियो

नेपाल वितरक महासंघ नेपालमा उत्पादित एवं आयातित वस्तुहरु सहज रुपमा उपलब्ध गराउने काममा संलग्न रहँदै आएका व्यवसायीहरु समेटिएको संस्था हो । हाल यस संस्थाका सदस्यहरुमा मूलतः चाउचाउ, बिस्कुट लगायतका खाद्यान्न, कस्मेटिक, चिया, साबुन, धूप, मदिरा लगायतका वस्तुहरु बजारीकरण तथा वितरण कार्यमा संलग्न रहँदै आएका व्यवसायीहरुको संलग्नता रहेको 

देशभर रहेका स्थानीय वितरक संघहरुको समेत अभिभावकीय संस्थाको रुपमा रहेको नेपाल वितरक महासंघले व्यावसायिक सचेतना अभिवृद्धि, विभिन्न समस्या सृजना हुँदा सहजीकरण गर्ने बजारमा देखिँदै आएकोअस्वस्थ प्रतिष्पर्धा न्यूनीकरणको लागि संस्थागत पहल गर्नुको अलावा नीतिगत सुधारको लागि राज्य पक्षलाई घच्घच्याउने लगायतका काममा महत्वपूर्ण भूमिका खेल्दै आएको

54Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected