२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

वीपीसीको लापरवाही, तीन दशकदेखी जोखिमयुक्त विद्युतीय तार वितरण

श्रीकृष्ण सिग्देल

स्याङ्जा । स्याङ्जाको वालिङ ६ पाण्डेगाउँमा विद्युत गएको झण्डै तीनदशक पुगेको छ । तीनदशक देखी यहाँका वासिन्दाले रुखको साहारामा विद्युत सेवा प्रयोग गर्दै आएका छन् । टुकी बालेर रात गुजारेका यहाँका नागरिकलाई गाउँमा विद्युत सेवा आइदिए मात्रै हुन्थ्यो भन्ने आशा थियो । तर रुखमा बाँधिएर लगिएको विद्युत कति गुणस्तर र जोखिम हुन्छ भन्ने थाहा समेत थिएन । तर अहिले सम्म पनि रुखमा टाँगिएको जोखिमयुक्त तारको साहारमा उपभोक्ताहरु सेवा लिन बाध्य छन् । रुखमा टाँगिएर लगिएको विद्युत कति जोखिम हुन्छ भन्ने विषयमा अनविज्ञ रहेका पाण्डे गाउँका मानिसलाई बिजुली बत्ति आएमात्रै हुन्छ भन्ने लागेको थियो । तर अहिलेसम्म पनि रुख हटाएर पोलमा ति तारहरु सारिएको छैन । पाण्डे गाउँ मात्रै होइन झण्डै तीन दशक देखी वालिङ ८ भिमटारीका नागरिक पनि रुखमै टागिएको तार मार्फतको विद्युत प्रयोग गर्न बाध्य छन् । नगरपालिकाको राजधानी रहेको वडामा त यस्तो अव्यबस्थित सेवा प्रवाह गरेको वीपीसीले अन्य क्षेत्रमा समेत गुणस्तरीय सेवा प्रवाह गर्न सकेको छैन भन्ने तथ्य सहजै अनुमान गर्न सकिन्छ ।
बुटवल पावर कम्पनी मार्फत आँधीखोला जलविद्युत केन्द्रले वितरण गरेको विद्युत सेवा लामो समयदेखी गुणस्तरीय भएन भन्ने गुनासो आइरहेपनि अहिलेसम्म यसतर्फ कसैको ध्यान पुगेको छैन । यी दुई गाउँ जोखिमयुक्त सेवा लिने प्रतिनिधि मात्रै हुन । वीपीसीले वितरण गरेको भीरकोट, वालिङ, गल्याङ, चापाकोट र रामपुर नगरपालिकाका ग्रामिण क्षेत्रमा अझै पनि रुखमा टागेको कालो तारको विद्युत सेवा लिन उपभोक्ता बाध्य छन् । स्याङ्जा र पाल्पाका झण्डै ४० हजार घरधुरीमा वीपीसीले विद्युत सेवा प्रवाह गरेको छ । कति प्रतिशत् घरधुरीले जोखिमयुक्त बत्ति बालेका छन् भन्ने तथ्याङ्क वीपीसीसगँ छैन ।
कम्पनीका वितरक प्रमुख प्रकाश श्रेष्ठका अनुसार रुखको साहारमा सेवाग्राहीले बत्ति बालेको स्विकार गरे । कति प्रतिशत नागरिकले जोखिमयुक्त बत्ति बालेका छन् भन्ने तथ्याङ्क छैन उनले भने, ‘तर यसको स्टिमेट भने निकालिएको छ, अब छिट्टै रुखबाट झिकेर पोलमा सार्छौं ।’ बजेट धेरै लाग्ने भएकाले यो काममा ढिलाई भएको हो उनले भने । आँधीखोला जलविद्युत केन्द्रबाट उत्पादित विद्युतमा घाटा भएकाले महशुल समायोजन गरिदिन श्रेष्ठले आग्रह समेत गरे । विद्युत प्राधिकरणले पटक—पटक महशुल बढाउन पाउदा वीपीसीले बढाउन पाएन उनले भने, ‘महशुल बृद्धि नहुँदा कम्पनीले गुणस्तरीय सेवा प्रवाह गर्न कठिन भयो ।’ जसले गर्दा नागरिकलाई गुणस्तरीय विद्युत सेवा प्रवाह गर्न पाएका छैनौ भन्ने महशुस हामीलाई भएको छ उनले भने । अहिलेको उत्पादनले कर्मचारी व्यवस्थापन खर्चमा मात्रै पुग्ने भएकाले कम्पनी अफठ्यारोमा परेको श्रेष्ठले बताए ।
२०४९ सालदेखी स्याङ्जाको गल्याङमा आँधीखोलाबाट ५ दशमलव १ मेगावाट विद्युत उत्पादन गर्दै शुरु गरेको आयोजना अहिले ९ दशमलव ४ मेगावाट विद्युत उत्पादन गर्दै आएको छ । विद्युत उत्पादन गरेदेखी पहिलो पटक गल्याङ्मा वितरण शुरु गरेको वीपीसीले अहिले सम्म हरिया रुखलाई प्रयोग गरेर विद्युत सेवा दिदै आएको छ । गुणस्तरीय सेवामा ध्यान दिन नसकेको कम्पनीले अहिले घाटा भयो भन्दै विद्युत नियमन आयोगमा विद्युत महशुल समायोजन गरिदिन प्रतिवेदन पेश गरेको छ । बुटवल पावर कम्पनीले प्रवाह गरेको विद्युत सेवाबाट स्थानीय सरकारका प्रमुखहरु समेत सन्तुष्ट छैनन् ।
अस्तव्यस्त बनाएर सेवा प्रवाह गर्दा नागरिकले असुरक्षित विद्युत सेवा प्रयोग बाध्य भएको स्थानीय सरकारका प्रमुखहरु बताउछन् । गुणस्तरीय सेवा दिएर मात्रै विद्युत महशुल समायोजन हुनुपर्ने माग उनीहरुको छ । यस तर्फ विद्युत नियमन आयोगको ध्यान जान समेत उनीहरुले माग गरेका छन् । कम्पनीले वितरण गरेको क्षेत्रमा पुगेर अनुगमन गरिदिन समेत आयोगललाई स्थानीय सरकारका प्रमुखहरुको भनाई छ ।
कहिले हट्ला जोखिम ः वालिङ ८ भिमटारी गाउँमा रुखमा झुण्डाइएको विद्युतको तार । रुखलाई विद्युतको पोल बनाएर वीपीसीले जोखिमयुक्त विद्युतीय सेवा दिदै आएको छ ।
तस्विर ः श्रीकृष्ण सिग्देल/स्याङ्जा

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…