२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

वी पी. स्मृति भवन गण्डकी प्रदेश निर्माण समिति गठन, संयोजकमा बास्तोला

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशले वीपी स्मृति भवन निर्माण समिति गठन गरेको छ । वीपी स्मृति भवन, गण्डकी प्रदेश पोखरा-१९, लामाचौर कास्की निर्माणको लागि नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)को संयोजकत्वमा निर्माण समिति गठन भएको हो ।

समितिको उपसंयोजकत्वमा रामकृष्ण मल्ल (पर्वत), सचिवमा सुरेन्द्रमान विजुक्छे (पोखरा) र सहसचिवमा खिमलाल वास्तोला रहेका छन् ।

त्यसैगरी सदस्यहरु योगेश गौचन थकाली (मुस्ताङ), भेषबहादुर पौडेल (लमजुङ), प्रकाश बराल (कास्की), अशोक श्रेष्ठ (तनहुँ), सरस्वती गुरुङ (कास्की), भागवत प्रकाश मल्ल (स्याङ्जा), पुष्पेन्द्र पाण्डे (वडा अध्यक्ष, पोखरा १९), अमृत प्र.तिमिल्सीना (वडाअध्यक्ष, पोखरा १६), मोति प्रसाद तिमिल्सीना (वडा अध्यक्ष, पोखरा २५), मिलन के.सी. पोखरा १९, विष्णुप्रसाद बास्तोला (प्रकाश), हरिदत्त पौडेल (तनहुँ), देवकुमार श्रेष्ठ (तनहुँ), अर्जुन शेरचन (बागलुङ), अमृत भट्टचन (नवलपुर), सूर्य गुरुङ (नवलपुर), राम जोशी (गोरखा), प्रकाश तिवारी (स्याङ्जा), हरिकुमार श्रेष्ठ (म्याग्दी), केवी भण्डारी (म्याग्दी), विश्वप्रकाश प्रसाई (पर्वत), बामे गुरुङ (मनाङ), कर्म बहादुर गुरुङ (मनाङ्ग), कृष्ण कोइराला (कास्की), गणेश वहादुर भट्टराई (कास्की), किरण के.सी. (कास्की), लिलकाजी गुरुङ्ग (कास्की), भीमबहादुर गुरुङ (पर्वत), शकुन्तला शर्मा (बागलुङ), मिलन थापा (कास्की) र छत्रधर आत्रेय (कास्की) रहेका छन् । भने सल्लाहकारहरुमा सुरेन्द्रराज पाण्डे (संसदीय दलका नेता, नेपाली कांग्रेस गण्डकी प्रदेश), बाबुराम आचार्य (कास्की), मदन बहादुर के.सी. (कास्की), चन्द्रकृष्ण कर्माचार्य (कास्की), ओम बहादुर थापा (नवलपुर), नवराज बजगाई (गोरखा) चयन गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बताए ।

उक्त समितिको प्राविधिक समितिको संयोजकमा ई. सुरेन्द्र पाण्डे र सदस्यहरुमा ई. सुरेन्द्र पौडेल, ई. शिवहरी आचार्य, ई. विजेन्द्र के.सी. र ई. शिरस बाँस्तोला रहेको शर्माले जानकारी गराए ।

सभापति शर्माले पोखरा १९ लामाचौरमा रहेको आफ्नै जमिनमा रहेको वी पी स्मृति भवन, गण्डकी प्रदेश निर्माण कार्य अब छिट्टै नै सुरु गरिने जानकारी गराए।

पार्टी कार्यालयलाई करिब ३ रोपनी भन्दा बढी जमिन सहयोगीहरुबाट प्राप्त गरेको उक्त जमिनमा भवन बनाउने भनि निणर्य गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शर्माले जानकारी गराए ।

पोखरा महानगरपालिका वडा नं. १९ मा रहेको नेपाली कांग्रेस वडा कार्यालयको भवन सहित करिब ३ रोपनी जमीनमा वडा कार्यालय पनि त्यही रहने गरी प्रदेश भवन बनाउने सभापति शर्माले जानकारी गराएका थिए । यसको प्राविधिक इस्टिमेट अनुसार करिब ५ करोडको लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…