२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

‘सामूहिक प्रयत्नलेमात्र बालश्रम न्यूनीकरण’

पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्गर्ततको सामाजिक विकास केन्द्रले आफ्ना गतिविधिहरुको सामाजिक परीक्षण गराएको छ ।
बालश्रम न्यूनीकरण र श्रममा रहेका सहरी बालबालिकाहरुलाई अनौपचारिक शिक्षा प्रदान गर्दै आइरहेको सामाजिक विकास केन्द्रले यो वर्षमात्र घरेलु श्रममा रहेका ११ जना,होटल-रेष्टुराँमा काम गर्ने २६ जना, वर्कसपमा काम गर्ने १८८ जना,निर्माण खानीमा काम गर्ने ७९ जना एवं अन्य क्षेत्रमा कार्यरत ७४ जना गरी ३७७ जनालाई सेवा प्रदान गरेको छ ।
सामाजिक विकास केन्द्रका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनका अनुसार बालश्रम न्यूनीकरण कार्यक्रममार्फत् हालसम्म ७३ जनालाई अनौपचारिक कक्षा, ४२ जनालाई पुनस्र्थापना ३२ जनाको जन्मदर्तासहितका कानूनी प्रक्रियामा सघाइएको जानकारी दिए । यस्तै १८६ जना बालबालिकालाई अनौपचारिक जीवनपयोगी शिक्षा प्रदान गरिएको,१४ वटा बालश्रमिकको परिवार सवलीकरणमा सघाइएको,३० वटा महिला समूह गठनसहित बालश्रमविरुद्ध परिचालित गरिएको छ ।
सामुदायिक विकास कार्यक्रमअन्तर्गत २९६ जना बालबालिकालाई उपचारात्मक सहयोग प्रदान,बालक्लब र युवा क्लब गठनदेखि बालबालिकाको लागि भ्रमणको व्यवस्थापन गरिएको पनि उनले जानकारी दिए । जीविकोपार्जन तथा शिक्षा परियोजनाअन्गर्तत ३२५ जना बालबालिकाहरुलाई वर्षको दुई पटक शैक्षिक सामग्री प्रदान गरिएको,१२ देखि १८ वर्षसम्मका बालिकाहरुको लागि जीवन सिकाइ परियोजनामार्फत् ७२० जनालाई व्यवहारिक सीप तथा साक्षरता कार्यक्रम संचालन गरिएको पनि अध्यक्ष लालचनले बताए ।
सामाजिक लेखा परीक्षण कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पर्यटकीय क्षेत्रमा बालश्रमको जोखिम सधैँ रहीरहने बताउँदै न्यूनीकरणको लागि सामूहिक प्रतिवद्दताको खाँचो औंल्याए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले सामाजिक क्षेत्रमा काम गर्ने संस्थाहरुले आफूले गरेका गतिविधिहरु पारदर्शी तरिकाले जनसमक्ष राख्नुपर्नेमा जोड दिए । सामाजिक विकास केन्द्रले विगतदेखि गरेका कार्यको स्मरण गर्दै उनले सबैको हातेमालोले मात्र बालश्रम न्यूनीकरण हुने बताए ।
पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले अनौपचारिक क्षेत्रमा रहेका बालश्रमिकहरुको शिक्षा र स्वास्थ्थ्यको लागि वडा र महानगरले सक्दो सहयोग गर्ने प्र्रतिवद्दता जनाए ।
पोखरा महानगरपालिकाको सामाजिक विकास शाखाकी बाल कल्याण अधिकृत विष्णु पौडेलले बालबालिकाहरुलाई निकृष्ट श्रममा लगाउन नपाइने र त्यस्तो पाइए कारवाही गरिने बताइन् ।
घरेलु श्रमिकको रुपमा कार्यरत विनु चौधरीले सामाजिक विकास केन्द्रबाट प्राप्त सहयोगप्रति कृतज्ञता जाहेर गर्दै निरन्तरताको कामना गरिन् । अर्की घरेलु श्रमिक कुशुमले अनौपचारिक कक्षाले आत्मबल बढाएको बताइन् ।
कोपिला नेपालकी तीर्थ थापाले बालश्रमको कारण के हो भन्ने पत्ता लगाउँदै बालबालिकाको क्षेत्रमा कार्य गर्ने संस्थाबीच सहकार्य हुनुपर्ने बताइन् । कार्यक्रममा स्वान्त सुखाय परोपकार प्रतिष्ठानका बाबुराम पन्त,अग्रज व्यवसायी चिनु गुरुङ,सामाजिक अभियन्ता उत्तम जोशी, साामाजिक विकास केन्द्रबाट सहयोग प्राप्त बालिकाकी अभिभावक शुष्मा बिक,इन्सेक गण्डकीका शिव खकुरेल,नवप्रभात मावि व्यवस्थापन समिति अध्यक्ष प्रिति पाण्डे,किडासाका रमेश बास्तोला,श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकाललगायतले कार्यक्रबारे विभिन्न सुझावहरु दिएका थिए । कन्या क्याम्पस पोखराका प्रमुख सु्रेशकुमार मानन्धरबाट प्रस्तुत सामाजिक लेखा परीक्षण कार्यक्रमको संचालन सामाजिक विकास केन्द्रका परियोजना सुपरभाइजर सुफल घिमिरेले गरेका थिए ।र

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…