
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटालाई नियुक्त गरेका छन् । यसअघि पाण्डेको कार्यकालमा उपाध्यक्ष बनेका उनलाई अहिले पनि पाण्डेले दोहोर्याएका हुन् ।
देवकोटालाई बिहीबार मुख्यमन्त्री पाण्डेले शपथ गराएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।











