२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026
खबर

गणेशमान सिंह फाउण्डेशनद्वारा गण्डकी प्रदेशका पाँचजना प्रजातान्त्रिक योद्धालाइ सम्मान

पोखरा भ्यूज

पोखरा, १९ जेठ । गणेशमान सिंह फाउण्डेशन गण्डकी प्रदेशले गणतन्त्र दिवसको सन्दर्भ पारी नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्र्याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ। 

नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमाण्डर एवं लौह पुरुष गणेशमान सिंहको नामबाट स्थापित फाउण्डेशनले गण्डकी प्रदेशका विभिन्न जिल्लाका पाँच जना व्यक्तित्वलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरु मनाङका कोमल बहादुर घले, बाग्लुंगका गोबिन्दप्रसाद शर्मा कँडेल, स्याङजाका तारापति सुबेदी, कास्कीका पुलेन्द्रमान श्रेष्ठ र तनहुँका लेखबहादुर थापा रहेका छन । उनिहरूलाई नेपाली कांग्रेसका पुराना नेता प्रतिनिधि सभाका पूर्व सभामुख दमननाथ ढुंगानाले शनिवार पोखरामा आयोजित बिशेष कार्यक्रममा सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरु र उनीहरूको योगदान

पोखराका पुलेन्द्रमान श्रेष्ठ नेपाली काँग्रेसका पुराना कार्यकर्ता हुन । नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधि, क्षेत्रिय सभापति सहित बिभिन्न जिम्मेवारी सम्हालेका श्रेष्ठले प्रजातन्त्रको लागि भए गरेका विभिन्न चरणका आन्दोलनमा सक्रियता पूर्वक सहभागी बन्दै आएका छन् । पटक पटक आन्दोलनको क्रममा जेल एब हिरासतमापुगेका श्रेष्ठ २०४६ सालको जनआन्दोलनमा २ महिना बढी जेल बसेका थिए। लाभको पद र सुबिधाको खोजिनगर्ने प्रवृतिका श्रेष्ठ पोखरा महानगरपालिका –१३ का बासिन्दा हुन । प्रजातान्त्रिक आन्दोलन सहित स्थानीयशैक्षिक र सामाजिक बिकाशमा समेत श्रेष्ठको परिवारको योगदान रहेको छ।

कोमल बहादुर घले कांग्रेसको मनाङ जिल्लाको सभापति र पार्टीको महासमिति सदस्य समेत रहेर काम गरिसकेका छन् । उनि राष्ट्रिय सभाको पूर्व सदस्य समेत हुन् । बि.स. २००२ मा जन्मिएका घलेले गण्डकी छात्र समितिको संस्थापक सदस्य हुँदै नेविसंघको केन्द्रीय सदस्य समेत रहेर काम  गरेका थिए ।

स्याङजाका तारापति सुबेदीको जन्म १९९४ सालमा स्याङजाको फेदीखोलामा भएको हो । उनले बिभिन्न कालखण्डमा गरी १५/१६ वर्ष जेल जिबन बिताएका छन् । राजा र राज्य बिरुद्दको अपराध, हात हतियार नियन्त्रण सम्बन्धि, शान्ति सुरक्षा लगायतका विभिन्न मुद्दामा उनि जेल बस्नु परेको थियो ।

तत्कालिन राजा महेन्द्रले पुष १७ गते राजनीतिक दल माथि प्रतिबन्ध लगाउंदै शुरु गरेको जनविरोधी र प्रजातन्त्रबिरोधि कदमको बिरुद्द सुबेदी निरन्तर आन्दोलित बनेका थिए । प्रजातन्त्रका सेनानी सुबेदी २०३० सालमा बिपी कोइरालामाथि स्याङजामा बम काण्ड गराएको भनि तत्कालिन सरकारले लगाएको मुद्दाका एक आरोपी समेत हुन् । त्यस समयमा बिपी कोइरालालाई बिभिन्न ८ वटा मुद्दा लगाइएको थियो । प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेको कारण भारतमा निर्बासित जिबन बिताउन बाध्य सुबेदी बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर पुषमा नेपाल फर्किने घोषणा गरेपछि त्यो भन्दा अगाडी नै नेपाल फर्किएका थिए । सुबेदीले तिन कार्यकालसम्म कांग्रेसको महाधिबेशन प्रतिनिधि र महासमिति सदस्य रहेर काम गरेको र एक पटक राष्ट्रियसभाको सदस्यको लागि पार्टीले उमेद्वार बनाएको भएपनि बिजय प्राप्त गर्न सकेनन ।

तनहुँका लेखबहादुर थापा १९९८ सालमा जन्मिएका हुन। उनि पनि पंचायती शाशनकालमा नेपाली काँग्रेस र प्रजातन्त्रको पक्षमा निरन्तर लागेका व्यक्तित्व हुन । तनहुँको म्याग्देमा जन्मिएका थापाले स्थानीय स्तरमा पार्टीको विभिन्न पदमा रहेर काम गरेका थिए।  उनि नेपाली काँग्रेस तनहुँको सदस्य र महाधिबेशन प्रतिनिधि सहित विभिन्न जिम्मेवारीमा रहेको र २०४९ सालको स्थानीय निकायको निर्बाचनमा नेपाली काँग्रेसको तर्फबाट मनापांग गाबिसको अध्यक्षमा निर्बाचित भएका थिए ।

बाग्लुंगका गोबिन्दप्रसाद कँडेल १९९५ सालमा जन्मिएका हुन । २०१३ सालमा १८ बर्षको उमेरमा नेपाली काँग्रेसको साधारण सदस्य बनेका कँडेल निरन्तर पार्टीमा सक्रिय रहँदै आएका छन ।२०१७ सालमा पार्टीको महाधिबेशन प्रतिनिधि, २०१८ देखि २०४९ सम्म नेपाली काँग्रेस बाग्लुंगको सभापतिको रुपमा काम गरेका थिए। २०४८ सालको निर्बाचनमा बाग्लुंग –१ बाट प्रतिनिधि सभा सदस्यमा निर्बाचित कँडेल २०२८ देखि २०३४ सम्म राज्यद्रोहको अभियोगमा जेल बसेका थिए ।  उनि २०४२, २०४६ र २०६२/६३ को आन्दोलनमा पनि महिनौसम्म जेल बसेका थिए ।

कार्यक्रममा बोल्दै ढुङगानाले पार्टीभित्र कुनै पनि पदको लोभ नभएका निडर र हक्की स्वभावले गणेशमान सधैं सबैका प्रिय रहनु भएको बताए । देशमा प्रजातन्त्र स्थापनाका गर्न कम्युनिष्टहरूसँग मिलेर पञ्चायतबिरूद्ध आन्दोलनको गर्ने गणेशमान उक्त आन्दोलनका सर्वोच्च कमाण्डर रहेको बताउदै ढुङगानाले नेपालका कम्युनिस्टलाई प्रजातन्त्र नचाहिएको बताए । मुलुकमा कम्युनिस्ट अतिवादका बिरूद्व देश भरका प्रजातन्त्रबादी शक्ति एक ढिक्का हुनु ज़रूरी रहेको बताउदै ढुङगानाले हिजो हामी राजासँग लडेका थियौं भने अहिले कम्युनिस्टसँग लडन परेको बताएका थिए ।

फाउन्डेसनका गण्डकी प्रदेश अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व सभामुख तारानाथ रानाभाट, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा लगाएत नेपाली काँग्रेसका नेता र कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

Read more

गण्डकी कांग्रेसको नेतृत्वमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा गंगाधर पराजुलीको चर्चा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी…

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…