२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

पोखरामा १०औँ अन्तर्राष्ट्रिय योग दिवस मनाईयो

पोखरा । भारतीय राजदूतावास, पोखरा महानगरपालिका र पतञ्जलि योगपिठको विशेष आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय योग दिवस–२०२४ भव्यताका साथ मनाइएको छ ।

पोखरा रङ्गशालामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत पोखरामा क्रियाशील पतञ्जलि योगपिठद्धारा सञ्चालित योग केन्द्रका साधाक साधीकाहरु लगायत योग प्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

योग शिविरमा बोल्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वस्थ जीवनका लागि योग, शारीरिक तन्दुरुस्तीका लागि योग र अनुशासनका लागि योग आवश्यक रहेको बताए । योगले तनमनमा फूर्तिसंग़ै विचार स्वच्छ र मानसिक अवस्था पनि सुधार गर्न सकिने पाण्डेले बताए ।

गण्डकी प्रदेश सरकारले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’भन्ने नाराका साथ स्थानीय तहको समन्वयमा योग शिक्षालाई कार्यान्वयनमा लैजान नीति तथा कार्यक्रममा जोड़िएको मुख्यमन्त्री पाण्डेको भनाई थियो ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योगदिवस मनाउन थालेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औं महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । त्यससँगै २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन सुरु गरिएको हो ।

शिविरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गरेको प्रस्तावका आधारमा संयुक्त राष्ट्रसंघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउदै आएको बताए । उनले योगको माध्यमबाट नेपाल र भारत बीचको सदियौं देख़िको सम्बन्धलाई जोड़न थप मदत पुग्ने अपेक्षा गरिएको धारणा व्यक्त गरे ।

राजदूत श्रीवास्तवले पोखरा महानगरले अन्तर्राष्ट्रिय स्तरको योगशाला बनाउन खोजेको खण्डमा आवश्यक सहयोग गर्न तत्पर रहेको बताउदै पोखरा महानगरसँग सहकार्य गरी राजदूतावासले हरेक वर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाउने पनि घोषणा गरे ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उपस्थित सबैलाई धन्यवाद दिदैं नियमित योग अभ्यासले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्ने बताए ।

शिविरमा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्लाका सुरक्षकर्मी, विभिन्न कार्यालयका कर्मचारी, तथा स्थानीयवासी लगायतको उल्लेख्य सहभागिता  थियो । शिविरमा पतञ्जली योग पीठका योग प्रशिक्षक लवदेवले योग सिकाएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…