२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

डिष्ट्रिक्ट ३२५ आई का डिष्ट्रिक्ट गभर्नर ढुंगानाको पद ग्रहणसँगै कार्यकाल सुरू

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले पद भार ग्रहणसँगै कार्यकाल सुरू गरेका छन् । ढुंगानासँगै प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीले पनि पदभार ग्रहण गरेका हुन् ।

लायन्सको विश्वव्यापी प्रचलन अनुरूप जुलाई १ लाई नयाँ कार्यकालको सुरूवातको दिन मानिन्छ । नयाँ डिष्ट्रिक्ट गभर्नरको पदभार ग्रहण गर्ने व्यवस्था अनुरूप आगामी १ वर्ष जुन ३० सम्मका लागि गभर्नरका रूपमा ढुंगानाले पदभार ग्रहण गरेका हुन् ।

सोमवार काठमांडौमा सम्पन्न पद ग्रहण समारोहमा लायन्सका अन्तर्राष्ट्रिय डाईरेक्टर बालकृष्ण बुर्लाकोटी, निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका साथै पोखरामा आयोजित पदग्रहण कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेल सहित दुवै ठाउँमा डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो ।

पद ग्रहण पश्चात गभर्नर ढुंगानाले लायनहरुको नयाँ बर्ष आजबाट शुरु भएको छ, हामीले हाम्रो डिष्ट्रिक्टलाई हाम्रा अग्रजहरूले तयार पारेको आधार स्तम्भमा टेकेर डिष्ट्रिक्टलाई थप उचाईमा पुर्याउने प्रणका साथ कार्यकाल शुरु गरेका छौं, यो उत्सव मात्र नभई महाउत्सव हो, गभर्नरको मात्र नभई सबै लायन्सको बर्ष हो सबैको साथ सहयोगको अपेक्षा गर्दछु, उनले भने ।

ढुंगानाले आफ्नो कार्यकालको थिम मानवता पहिलो प्राथमिकता (Humanity Frist) को नारा अन्तर्गत रहेर बर्ष सफल बनाउन सबैलाई आग्रह गरे ।

लायन वर्ष २०२४/२५ मा वर्षभरी मानवतामा आधारित भएर विभिन्न कार्यक्रम गर्ने बताउदै डिष्ट्रिक्ट गभर्नर ढुंगानाले मानवता हाम्रो प्राथमिकतामा आधारित भएर कार्य गरिने बताए । मानविय सेवाका कार्य अन्तर्गत घरदेखि घाटसम्म (मान्छेको अन्तिम संस्कार)सम्मका कार्य जोडिने रहेका छन् । त्यस्तै, अपाङ्गता हाम्रो आत्मियता, हंगर रिलिफ, क्लोथ बैक, डिष्ट्रिक्ट मोबाइल एप साथै लायन्स मार्फत युवालाई जोड्ने कार्य मुख्य कार्यक्रम लायन्स पाठशालालाई प्राथमिकतामा राखिएको ढुंगानाले जनाए । संसारकै उत्कृष्ट डिष्ट्रिक्ट बनाउने गरी कार्यसम्पादन गर्ने तयारीमा डिष्ट्रिक्ट रहेको पनि उनले बताए ।

कार्यकाल सुरु भएको पहिलो दिनमा नै डिष्ट्रिक्ट अन्तर्गतका विभिन्न क्लबहरुले सामाजिक कार्यक्रमहरु सञ्चालन गरेका छन् । क्लबले मानवीय सेवाका कार्यसँगै बर्ष भरी सामाजिक कार्यक्रमसहित नेतृत्व विकास र पारिवारिक कार्यक्रममा पनि गतिविधि सञ्चालन गर्ने छन् । कार्यकाल सुरु भएको दिन डिष्ट्रिक्टका प्रायः क्लबले वृक्षारोपण, विभिन्न आश्रमहरुमा खाद्यान्न सहयोग, डिष्ट्रिक्टको मेगा प्रोजेक्ट फ़ुड बैकमा रकम संकलन भईरहेको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी अमृत प्रसाद तिवारीले बताए ।

त्यस्तै कार्यकाल सुरू गरेको दोस्रो दिन जुलाई २ तारीख़मा पोखरा स्थित ४ वटा क्लस्टर चिफको आयोजनामा चिप्लेढुंगा, पृथ्वीचोक र अमरसिं चोकमा ब्लड डोनेसन गर्ने डिष्ट्रिक्टले जनाएको छ । एकै दिनमा बढ़ी भन्दा बढी युनिट ब्लड कलेक्सन गर्ने लक्ष्य रहेको डिष्ट्रिक्ट एक्जुकेटिभ (ब्लड डोनेशन) युवराज खनालले जानकारी दिए ।

डिष्ट्रिक्टका सेक्रेटरियट एडमिनट्रेटर हरिराज पन्तका अनुसार डिष्ट्रिक्ट गभर्नरले ल्याएका योजनाहरु सतप्रतिशत सम्पन्न गर्न सम्पूर्ण क्लबहरुले सक्रियतापूर्वक साथ दिने विश्वास व्यक्त गरे । ‘गभर्नरका योजना सफल बनाउनु हामी सबै लायन्स लिडरहरुको दायित्व र जिम्मेवारी हो,’ उनले भने ।

डिष्ट्रिक्टमा हाल १९३ क्लब रहेका छन् ४१ वटा नयाँ क्लब लायन्स अन्तर्राष्ट्रियमा दर्तासँगै २३४ क्लब पुगेका छन् ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…