२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

पाणिनी गुरुकुलम् आश्रममा खाधान्न तथा यूरोगार्ड वितरण

स्याङजा । पाणिनी गुरुकुलम् तथा पाणिनी आश्रममा खाधान्न तथा यूरोगार्ड वितरण गरिएको छ । मानवता हाम्रो प्राथमिकता भन्ने डिष्ट्रिक्टको नारालाई आत्मसाथ गर्दै भोकालाई भोजन अनुरूप गर्दै डिस्ट्रिक्ट ३२५ आई नेपाल जोन ४ अन्तर्गतका ५ वटा क्लब मिलेर स्याङजाको पुतलीवजार नगरपालिका वडा नं १४ को श्री पाणिनी गुरुकुलम् तथा पाणिनी आश्रममा खाधान्न तथा यूरोगार्ड वितरण गरिएको हो ।

जोन ४ अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा प्रोफेसनल, पोखरा स्मार्ट, पोखरा महाशिला, पोखरा साधना र फ़र्निसिंगको आयोजनामा आयोजित कार्यक्रम लायन्स क्लव अफ पोखरा फर्निसिङका अध्यक्ष गोविन्द शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पुतलीवजार नगरपालिका वडा नं १४ का वडाध्यक्ष जितेन्द्र प्रकाश मल्लले लायन्सले सधै परोपकारी काम गर्दै आएको छ यसको अनुसरण सबैले गर्नुपर्ने बताउदै सहकार्य गर्न तयार रहेको जनाए ।

क़ार्यक्रममा श्री १००८ स्वामी हंशानन्द महाराजजीले पवित्र भुमिमा लायन्सले गरेको दानको प्रशंसा गर्दै संस्थाले धार्मिक जगेर्ना गर्न र वैदिक धर्मको संरक्षण अभियानमा लायन्स क्लबलाई परोपकारी काम गर्न सूझाए ।

लायन्स क्लब अफ पोखरा फ़र्निसिंगका निवर्तमान अध्यक्ष मदन केसीको संचालन आश्रमका बटुकहरुबाट स्वस्ती बाचन गरिएको कार्यक्रममा डिष्ट्रिक्टका हंगर रिलिफ चिफ हिरा भण्डारीले लायन्सले रहेक क्षेत्रमा सहयोग गरिहहेको बताउदै  सही ठाउँमा कार्यक्रम लिएर आउन पाउँदा आफू पवित्र भएको बताईन् । क्लस्टर को-चिफ सुशिल पौडेलले आफ्नो जन्मभुमिमा कार्यक्रम गर्ने वातावरण मिलाएकोमा ५ वटै क्लबलाई र सहयोग ग्रहण गरेकोमा आश्रम व्यवस्थापन समितिलाई धन्यबाद व्यक्त गरेका थिए ।

आश्रम व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भण्डारी, रिजन चेयरपर्सन जिवनप्रकाश श्रेष्ठ, जोन चेयरपर्सन सिता पौडेल, लायन्स क्लब अफ पोखरा प्रोफेसनलका नि अध्यक्ष शोभाकान्त पौडेल, लायन्स क्लव अफ पोखरा स्मार्टका अध्यक्ष रामकृष्ण बानिया, लायन्स कलव अफ पोखरा महाशिलाका अध्यक्ष विष्णु अधिकारी साथै सबै क्लबका पदाधिकारी एवं सदस्यहरु तथा स्थानिय अविभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…