२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

पुष्करिणी परोपकार गोकुलधामका गौ प्राणीलाई आहार अर्पण

पोखरा । पशुचौपाया अनुत्पादक भएपछि सडकमा छाडिएकाको व्यवस्थापनका लागि पोखरा–१४, बाच्छेबडुवामा संचालनमा रहेको पुष्करिणी परोपकार गोकुलधामका गौ प्राणीलाई आहार अर्पण गरिएको छ ।

शनिवार लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको महिला मात्रको क्लब लायन्स क्लव अफ पोखरा अमरबुद्धले गोकुलधाममा गौ आहार अर्पण गरेको क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट को–चिफ एडभाईजर शान्ता देवी थापा भण्डारीले जानकारी दिईन् ।

उनका अनुसार क्लबका अध्यक्ष मन्जु कार्कीका छोराको जन्मदिनको अवसर पारी क्लब मार्फ़त दाना, चोक्कर, ढुट्टो, मकैको पिठ्ठो, नुन लगायतका सामाग्री अर्पण गरिएको थियो ।

गौ आहार सामग्री ग्रहण पछि आफ्नो भनाई राख्दै राष्ट्रिय परोपकार महासङ्घका केन्द्रीय अध्यक्ष एवं पुष्करिणी परोपकार गोकुलधामका परिकल्पनाकार भागवत आदि शास्त्रका बाचक युवा पण्डित कमलनयन गौतमले बोलीमा मात्र सीमित गौ सेवाको अभियानलाई व्यवहारिक बनाउने उद्देश्यले घचघच्याउनका लागि गोकुल धामको प्रारम्भ गरिएको बताए । उनले गौ सेवाको अभियानलाई अभिप्रेरित गर्दै परोपकारी कर्मसँग मानवीय क्रियाकलापहरूलाई जोड्न लायन्स क्लब अमरबुद्वको यो अभियान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले धार्मिक रूपमा महत्त्व बोकेकी गौ माताको सेवाका लागि अब टाढाको तीर्थ जानु नपर्ने भन्दै त्यसका लागि गोकुलधाम नै काफी हुने पनि बताए।

क्लवका अध्यक्ष मन्जु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका हंगर रिलिफ चिफ हिरा भण्डारी, क्लबका पूर्व अध्यक्ष एवं क्लस्टर चिफ बिष्णु श्रेष्ठ, रिजन चेयरपर्सन सूर्य चपाई, जोन चेयरपर्सन राज कुमार घिमिरे, क्लबका पूर्व अध्यक्षहरू डा. दुर्गा काफ्ले, चाँदनी हमाल, शारदा गौतमलगाएत क्लबका पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको थियो ।

गौशाला सञ्चालनको दिगो स्रोत खोजी गर्ने उद्देश्यले गएको पुस २६ देखि माघ ४ गतेसम्म महायज्ञ समेत लगाइएको थियो । हाल गौशालामा २०० बढी गाईहरू संरक्षित छन् ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…