२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबरदेशमनोरन्जन

भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा पोखरामा कथक नृत्य प्रस्तुत

पोखरा । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय दूतावास, काठमाण्डौले पोखरामा कथक नृत्य प्रस्तुत गरेको छ । सोमवार पोखरा इभेन्ट सेन्टर पोखरा–६, बुलौदीमा दुतावासले ७८औं स्वतन्त्रता दिवसको अवसरमा अर्पिता दत्त र भारतबाट आएको उनको समूहले कथक नृत्य प्रस्तुत गरेको हो।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता,  प्रदेशका सामाजिक बिकास एवं स्वास्थ्य मन्त्री बिन्दु कुमार थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मालगाएत अतिथिका उपस्थित रहेका थिए ।

त्यस्तै, काठमाण्डौस्थित भारतीय राजदुतावासका प्रथम सचिव सुमन शेखर, भारतीय पेन्सन क्याम्प कार्यालय पोखराका प्रमुख लेफ्निेन्ट कर्णेल प्रशान्त सिहं बघेल पोखरास्थित विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्ति साथै नागरिक समाजका सदस्यहरू पनि कार्यक्रममा उपस्थित थिए ।

मुख्यमन्त्री पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख आचार्य, भारतीय राजदुतावासका प्रथम सचिव सुमन शेखर र भारतीय पेन्सन क्याम्प कार्यालय पोखराका प्रमुख लेफ्निेन्ट कर्णेल प्रशान्त सिहं बघेलले नेपाल भारतको सदियौंदेखि सम्बन्धको बारेमा चर्चा गरेका थिए ।

काठमाडौँस्थित भारतीय दूतावासले हरेक वर्ष स्वतन्त्रता दिवसको अवसर पारी विभिन्न कार्यक्रम गर्दै आएको छ । उत्सवको एक हिस्साको रूपमा रहेको कथक नृत्य प्रस्तुति नेपालका अन्य चार प्रमुख सहरहरूमा प्रस्तुत गरिने कार्यक्रम अन्तर्गत पोखरामा नृत्य टोलीले आफ्नो कला प्रस्तुत गरेको भारतीय पेन्सन वितरण केन्द्र पोखराका जनसम्पर्क अधिकृत भारतभूषण पाण्डेले जनाए ।

पाण्डेका अनुसार अर्पिता र उनको टोलीले प्रस्तुत गरेको कथक नृत्यले कार्यक्रममा उपस्थित सबैले मनोरञ्जन लिएका थिए ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…