२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबरप्रशासन

इलाका प्रशासन उदघाटन, गृहसचिवले अनावरण गरेको ताम्रपत्र जग्गादाताले ढाकिदिए

स्याङजा। इलाका प्रशासन कार्यालय वालिङको भवन गृहसचिवले उदघाटन गरेपछि विवादित बनेको छ । गृहसचिव एकनारायण अर्यालले भदौ २ गते सुटुक्क स्याङ्जाको वालिङमा रहेको इलाका प्रशासनको भित्तामा टागिएको ताम्रपत्र अनावरण गरेका थिए ।
वालिङ नगरपालिका-९ मा निर्माण गरिएको भवन उद्घाटन लगत्तै स्थानीय जग्गादाताहरु विरोधमा उत्रिएका छन् । भवन उद्घाटनका अवसरमा आफूहरुलाई बेवास्ता गरिएको भन्दै जग्गा दाताहरुले ज्ञापनपत्र बुझाउनुका साथै गृहसचिवले अनावरण गरेको ताम्रपत्र सेतो कपडाले छोपिदिएर बिरोध गरेका छन् ।
जग्गा दाता तथा स्थानीयहरुले ईलाका प्रशासन कार्यालयका प्रमुख शुभाष शर्मा पौडेललाई ज्ञापन पत्र बुझाउँदै शिलालेख हटाउन र पुनः जग्गादाताहरुको सहभागितामा उद्घाटन गर्न माग गरेका छन् । जग्गादाता बिना सुटुक्क इलाका प्रशासन उदघाटन गर्दा जग्गादातामा चोट पुगेको उनीहरुले जनाएका छन् ।
ज्ञापनपत्र बुझाउदँदै जग्गा दाता कपिलदेव शर्मा पंगेनीले करोडौं मुल्य पर्ने जग्गा प्रशासनलाई निशुल्क रुपमा दिएर सहयोग गरियो तर हामीलाई उदघाटनमा जानकारी समेत नदिएर बेवास्ता गरिएको बताए । भवन अनावरणमा आफूहरुलाई भित्र प्रवेश गर्न नदिएको उनको गुनासो छ । कपिल देवले भवनका लागि १ रोपनी ४ आना जग्गा निशुल्क दिएका थिए भने धु्रवराज पंगेनीले १ रोपनी, खड्ख कुमारी खाँणले ८ आना र विष्णु प्रसाद पंगेनीले ४ आना जग्गा निशुल्क प्रदान गरेको अभिलेखमा उल्लेख छ । भवन ३ रोपनी क्षेत्रफनमा निर्माण भएको छ । भवन निर्माण भएको क्षेत्र वालिङ नगरपालिकाको महङ्गो क्षेत्र मध्ये पर्दछ ।
भवनमा राखिएको ताम्रपत्रमा उद्घाटन मिति २०८१ असार २२ लेखिएको छ तर उद्घाटन भने भदौ २ गते गरिएको थियो । भवन उद्घाटनको विषयलाई लिएर आफ्नै गृह जिल्लामा नै गृह सचिव अर्याल विवादमा परेका छन् । अहिले सामाजिक संजाल मार्फत यसको स्थानीयहरुले चर्को बिरोध गरेका छन् ।
जिल्लाका ७ पालिकालाई सेवा दिँदै आएको प्रशासनबाट नागरिकता, पासपोर्ट, नाबालक परिचय पत्र, दलित, जनजाति प्रमाणितलगायतका कार्य हुँदै आएको छ । इलाका प्रशासन कार्यालय वालिङले वालिङ, गल्याङ तथा चापाकोट नगरपालिका, कालीगण्डकी गाउँपालिकाका पुरै क्षेत्र तथा भीरकोट नगरपालिकाको वडा नं.४,५ र ९, बिरुवा गाउँपालिकाको वडा नं.५,६ र ७ तथा हरिनास गाउँपालिकाको वाड नं.४,५ र ६ कार्य क्षेत्र रहेको छ ।
यस बिषयमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सुचना अधिकारी तथा सहायक प्रजिअ दीपक पौडेलले पुर्व निर्धारित समयमा भवन उदघाटन गर्न नसकिएकाले अनौपचारीक रुपमा भवन उदघाटन गरिएको जानकारी दिए । असार २२ गते भवन उदघाटन गर्ने भनेर शिलालेख तयार पारियो सहायक प्रजिअ पौडेलले भने,‘उक्तदिन देशभर मनसुनको प्रभावले समस्या भएपछि स्थगित गरिएको थियो ।’ गृहसचिव जिल्ला अनुगमनमा आएका बेला सामान्य रुपमा अनावरण मात्रै गरिएको हो उनले भने । यसबाट जग्गादाताहरुलाई केही चोट परेछ यसमा केही गल्ती भएको स्विकार पौडेलले गरे ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…