हिन्दु महिला र तीज
युबराज खनाल (शुक्ला-१ तनहुँ)
भोग्नु पर्ने रैच बिधाताले लेखेको,
केहि पाइदो रैनछ यो मनले सोचेको ।
एउटा फूल फुल्यो कोपिलामै झरी गो,
जीवन भर सबैलाई चोट परी गो ।
आमा बा छन् माइतीमा तिमी सधै आउनु है,
संसार यस्तै रैछ भनी, मन बुझाउ है ।
न त मनमा खुशी छ, न त मनमा रसरङग
सम्झी ल्याउदा यो मन हुन्च भरङ ।
कोहीले ला छ्न सेतो सारी, कोही आका छन् रातो लाइ
तीज आउँदा बालापनको, याद आयो बाई ।
हुन त तिज, महिलाहरुको मात्रै भन्ने गरिन्छ । तर, पुरुष नै खुशी छैनन भने घरमा शुख शान्ति कसरी सम्भव होला र ? त्यस्तै माइती मावलीमा पनि चाडवाडको उमंग नहुदाँ चेलीबेटीको मन पनि कसरी खुशी हुन सक्ला र ? खासै लेख्नै पर्ने त केही पनि थिएन तर पनि चाड्पर्ब भकाभक भित्री रहेको छ । भदौ महिनाको शुरूवातसँगै कृष्ण अष्टमी सकिए पछि महिला दिदीबैनिहरु रंगीचंगी पैरहनमा पार्टी (दर) खाने हतारमा देखिँदा मेरा दिदी बहिनीहरुको सम्झनाले मन छटपटाउन थाले पछि बह कोर्दैछु ।
हिन्दु नेपाली नारीहरूको महानपर्व हरितालिका तीज यति बेला घर आगनमा आइपुगेको छ । तीजमा दिदी बहिनी र चेलिबेटीको अति नै याद आउँदो रहेछ । हुन त आफ्नो पीडा बेदनाले होला, घरमा नियास्रो पन बढेरै पनि हुन सक्छ, दिदिबहिनीहरुसँग बालपनका यादहरुले पनि हुन सक्छ यादहरूले सताउने ।
कति रमाइलो थियो है, दिदी/बैनी हाम्रो बाल्यकालमा दुइ दिदी र बहिनी अनि म । हामी कम्ता त मिल्दैनथ्यौ र झगडा पनि उत्तिकै गर्थ्यौ, संगै भयो कि सानो सानो निहु झिकेर झगडा गरिहाल्नु पथ्र्यो । तर फेरि एक छिन पनि छुटिएर बस्न सक्दैनथ्यौ । एउटा नहुदा अकोलाई छटपटाहट सुरु भइहाल्थ्यो । त्यही भएर वा आमाले भन्ने गर्नुहुन्थ्यो यिनीहरूका दिदीबहिनी भाईसंगै भए पनि मिल्दैनन् छुटिएर बस्न पनि सक्दैनन् ।
साँच्चै माया भनेकै त्यही रहेछ क्यारे दिदी हजुरलाई म बढेको खोला तरी लिन जादा हजुरले हतार हतार दुई तीन दिनका लागि घास काटेर डङगुर पारेर अनि गाग्री र ताउलाभरी पानी भरेर हजुरलाई जति दुःख भए पनि हाँसी हाँसी दिदी भाई माइतीघर फर्कदा कति हल्का हुन्थ्यो हगि । अनि तिजमा घरमा सासूबाट बिदा लिई सासू ससुरालाई ढोग गरी बिदाई भै माइती आएर दिदिबहिनी र छर छिमेकीका चेलीबेटी भेट भई घरमा पाएका दुःखका गत रुदै गाएको अझै ताजा छ ।
कयौं तिजमा त सासू आमाले माइतीघर नपठाउदा दिदी लिन गएको म डाको छोडेर रुन्थे अनि हामी दिदीभाई अगाँलो हालेर रुन्थ्यौ । आज मलाई लाग्छ तत्कालीन महिलाहरु कति कठोर हुन भनेर । किन महिलाको मर्म महिलाले नबुझेका होलान भनि सोच्दछु ।
आज पनि यो समस्यामा खासै ठुलो परिवर्तन आएको पाउँदिन । कतिपय परिबारमा केही परिबर्तन आएता पनि अझैसम्म हाम्रो समाजमा खासै परिबर्तन आउन सकेको छैन ।
आफ्ना चेलिबेटी माईत आउँदा बुहारीलाई नपठाउने सोच्दैन थे की बुहारी पनि कसैकी छोरी हो भनेर ! चाडबाड आउदा बुहारी माइती जान चाहेमा जति नै दुःख परे पनि नरोक्नु है । आफ्ना बिगत सम्झेर पनि चाडबाडमा माइती जान नपाउने चेलीबेटीको मन कति रुदो रहेछ भनेर बुझ्नु है ।
मलाई अझै पनि तीज आउँदा मुटु भक्कानो परेर आउँछ। तीजमा दिदीबहिनी लिन जाने र मीठो मीठो खाएर तीज मनाउने मेरो चाहना पूरा भएको छैन ।
बिहेको दिनमा मैले सकि नसकी डोली दिदै गर्दा अंगालो हालेर रुदै भन्दै थियौ मेरो भाई/दाई अब यो घरमा भोली देखि तिमी एक्लै हुने छौ हाम्रो अभावमा म आफ्नो घर छोडेर पराई घरलाई आफ्नो घर मान्न जादैछु । तीजमा त जसरी पनि लिन आउनु है । त्यो बेला मेरो मन एक तमासको भएको थियो, कति रोएको थिए म ! त्यो बेला । अनि म बोल्न सकिरहेको थिइनँ टाउको मात्रै हल्लाएर बिदाइ गरेको थिए ।कयौं बर्ष बिते तर मलाई हिजै जस्तो लाग्छ ती दिनहरु ।
तिमीहरुले पहिल्यै नै यो साल आउन पाउदिन भन्दाका बर्ष आमाले ठिक्क बनाइदिनु भएको अनदीको चामल, भैंसीको घिउ र तीजलाई भनेर साँचेर राखेको काँक्रो अनि केही पैसा बोकेर तिमीहरुको घरसम्म पुग्थे र फर्कदा एक्लै रुदैरुदै फर्कन्थे । आज ती दिन मानसपटलमा घुमेका छ्न ।
दिदीलाई थाहा छँदैछ नि बाबा आमा बुढाबुढी भइसके, करिब दुबै जना ८० को हाराहारीमा हुनुहुन्छ । बाबा आमाका दिनचर्या बार्दलिमा बसि बाटोमा हिडेका बटुवा हेर्दै बिगत सम्झेर आँसु झार्नु सिवाय केही देखिदैन । बाबा आमा लिन आउँन सक्दैनन्, म पनि कयौं बर्ष परदेशी हुन पुगे ।
स्वदेश आएपछि पनि ब्यस्त जीवन बिताउन पुगे । हुन त तीजमा लिन आउन नसके पनि एक्काइसौ शताब्दीको जमाना छ फोन गर्न सक्थिस्, म्यासेनजर वाट्सप, इमो, स्काइपमा पनि आउन सक्थिस् भन्नुहोला, तर किन किन यो मनले ती कृत्रिम बस्तुलाई आफ्नो ठान्दै ठानेन, फोनमा आउने आवाजलाई आफ्नै दिदीबहिनिको आवाज हो जस्तै मानेन र सामाजिक संजाल आउने अनुहारमा प्राकृतिक रूपनै भेट्न सकिन त्यसैले दिदि तिमीले नै लेख्न सिकाएका यी अक्षरहरूले तिमीलाई लिन आउदैछन अन्यथा नसोच्नु है दिदी। त्यो बेला मैले पढ्न लेख्न नमान्दा तिमीले कान समाउदै मायाले गालामा थप्पड लगाउदै अक्षर लेख्न सिकाएकी थियौ । आज तिनै अक्षर भाइ बनेर तिमीलाई लिन आउँदैछन । बुढा बा आमा पनि दर खाने दिन तिमीहरुकै बाटो हेरेर बस्ने छन । आसा छ यो चिठी हेरर आउने छौ भनेर । अनि यो सामाजिक संजाल हजुरहरुले हेर्न मेसो नपरेमा हेरेर पढ्ने दिदी बैनी दाजुभाईले खवर गरिदिनु हुनेछ । आशा छ यस पटकको तिजमा आउनुहुनेआफ्नो त कर्म नै रहेनछ कसैलाई चाडबाडमा माइती जाउ भनेर खुशी मनले बिदा दिन पाउनु । सबै सपना खरानी बनेर गए के गर्नु ।
अझै पनि हाम्रो समाजमा ठूलो परिबर्तन आउन सकेको छैन, महिलाहरूको अधिकार विषयबस्तु उठान गर्दा, अधिकार हनन गर्ने पनि कयौ महिलाहरूनै देखिनु हुन्छ । हाम्रा घरघरमा, टोल छिमेक र देशमा नै धारणामा परिबर्तन आउन आबश्यक छ ।
अन्तमा, तीजको मौलिकता हराउँदै गएको छ तीजको दिनमा गाईने पुराना भाकाहरु लोप हुदैछन् संगै नया पिढिका तीज गीत तडक भडक बन्दै गएको छ, मौलिकतालाई बिर्सदै गएको छ । त्यति मात्र नभई मध्यम एवं विपन्न वर्गलाई मनोवैज्ञानिक असर पार्नुका साथै तीजको मौलिकता हराउन नदिनको लागि सबै लाग्नु पर्छ ।
तीज मनाउने प्रवृतिले तीजको मौलिकता नै ओझेलमा पर्न थालेको छ । नेपाली नारीहरुको महान चार्डको रुपमा लिने गरेको हरितालिका तीज भड्किलो भएको तथा यसले हुने खाने र हुँदा खाने वर्ग बीचको दूरी बढाउँदै लगेको छ् ।
विगतका बर्षहरुको तीजमा दुई चार वटा मादल सहित गीत गुञ्जदा सिंगो गाउँनै हर्ष मनाईरहेको हुन्थ्यो । महिलाहरुले कर्म घरमा पाएका दुख पिडा बेदनाले भरिएका गीतहरु गाउँदै नाच्दै रमाइलो गर्ने त्यो परम्परा अहिले हराउँदै गएको छ ।
सम्पूर्ण हिन्दु नेपाली दिदिबहिनीहरु चेलीबेटीहरुलाई तिज पर्बको हार्दिक मगलमय शुभकामना छ ।
भन्छ्न् तलाई सिदुर अनि सातो सारी सुहाउन्न्
किन आउछ्स चाड्बाडहरु मनै रुवाउन ।
गर्नसम्म गरिस दैब अझै के के हुने हो
चाडबाडमा बिगत सम्झी सधै रुने हो ?
धन्यवाद