२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

चारवटा क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल कलष्टर ३, रिजन ५, जोन ९ अन्तर्गतका क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

विहिवार पोखरा माटेपानीस्थित एस आर केसी बेन्क्यूटमा सम्पन्न पदस्थापन समारोहमा पदस्थापित भएका जोन ९ अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा डल्फिन, पोखरा फरक अभियान, पोखरा ग्लोरी र  यसैबर्ष मात्र स्थापना भएको नयाँ क्लब पोखरा ड्रिमल्याण्ड रहेका छन् ।

चारवटै क्लबका अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन अधिकृत डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले पदस्थापित गराएका थिए भने डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले नयाँ सदस्यलाई लायनवादका मूल्य र मान्यता बारे अवगत गराई सपथ गराएकी थिईन् ।

कार्यक्रममा गतबर्षका अध्यक्ष क्रमशः रेबती भण्डरी, हरिहर पराजुली र अग्रिम श्रेष्ठले आफ्ना कार्यकालमा सम्पादन गरेका कार्य प्रस्तुत गरेका थिए भने आज मात्र पदस्थापित लायन बर्ष २०२४/०२५ का अध्यक्ष गोबिन्द बहादुर खड्का, आदर्श मोहन भट्टराई, श्रीराम शर्मा सापकोटा तथा नयाँ क्लब ड्रिमल्याण्डका अध्यक्ष सुमनप्रसाद श्रेष्ठले हालसम्म क्लबले सम्पादन गरेका कार्यसहित भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।

समारोहमा बटुकहरूद्वारा स्वस्ति वाचन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो भने पोखरेली कलाकार माग्ने बुढ़ा र धर्मुसले आफ्नो कला प्रस्तुत गरेका थिए ।

लायन्स क्लब अफ पोखरा फरक अभियानका अध्यक्ष हरिहर पराजुली र डल्फिनका अध्यक्ष गोविन्द खड़काको अध्यक्षता गरी दुई चरणमा सम्पन्न कार्यक्रममा द्वितीय भाईस गभर्नर सूर्यकुमार केसी, पूर्व डिष्ट्रिक्ट गर्भनर रामबहादुर बसेलले मन्तव्य राखेका थिए ।

कार्यक्रममा डल्फिनका सचिव गणेश थापा र ग्लोरीका सचिव विकल श्रेष्ठको संचालन रहेको कार्यक्रममा डल्फिनका पूर्व अध्यक्षद्वय सन्त बहादुर लामिछानेले स्वागत र तिलक प्रसाद तिवारीले धन्यवाद मन्तव्य राखेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…