२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबरमनोरन्जन

प्रकृति र संस्कृतिको केन्द्र हो नेपालः राजदूत डा. सुवेदी – जापानमा घान्द्रुकको (कोँड नाश) वृत्तचित्र प्रदर्शन

पोखराः   जापानको टोकियोमा घान्द्रुकको (कोँड नाश) वृत्तचित्र  आइतबार प्रदर्शन गरिएको छ ।
लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्माण गरिएको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र बे्रज मेश्रो घान्द्रुक समाज जापानको आयोजनामा जापानको टोकियो शहरको गोतान्दा माया रेष्टुरेन्टमा प्रदर्शन गरिएको हो ।
जापानको टोकियो शहरमा घान्द्रुकको (कोँड नाश) वृत्तचित्र प्रदर्शन समारोहमा बोल्दै नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले आफु बेलायत राजदूत भएर बेलायत जाँदा नेपाल घुमेर बेलायत फर्किएहरुले स्वर्गको एउटा टुक्रामा टेकेर आएको प्रतिक्रिया दिएको बताए ।
‘कास्कीको घान्द्रुक, चितवनको सौरहा, लुम्बिनी, पाल्पाको श्रीनगर, इलामको कन्याम जस्तै स्वर्गका धेरै टुक्राहरु नेपालमा छन्, सिङ्गै स्वर्ग जस्तो हाम्रो देश छ, राजदूत सुवेदीले भने, ‘ पत्येक टुम्काटुम्का देवताको वास भएको देश हो हाम्रो, प्रत्येक ढुङ्गाहरुमा देवता खोपेको देश हो हाम्रो चिनाउन बाँकी छ, पर्यटन प्रवद्र्धन गर्न बाँकी छ ।’
नेपाली राजदूत डा. सुवेदीले जापनीज साथीले नेपालको भ्रमण गरेपछि नेपाल विविधता भएको देश भएको समेत बताए ।
‘मलाई एकजना जापनीज साथीले भन्नुभयो नेपाल विविधता भएको देश हो, १० किलोमिटरको हिडेपछि त्यही महोत्तरीबाट सिन्धुली चढ्दा खेरी गर्मीबाट चिसोमा पुग्छ, चितवनबाट अलिकति माथि पुग्दा आबुखैरेनी हुँदै गोरखा नपुग्दै पुनः शितल हुन्छ यो विविधता हो यो प्रकृतिले दिएको हो ।’उनले भने,
उनले नेपाल प्रकृति र संस्कृतिको केन्द्र भएको समेत बताए । ‘ प्रकृति र संस्कतिको धनी हो नेपाल हो, प्रकृति र संस्कृतिको केन्द्र हो नेपाल, प्रकृति र संस्कृतिको धनी हो पोखरा, घान्द्रुक, घलेगाउँ ।’ उनले भने ।
जापान नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. बलराम श्रेष्ठले नेपालमा पर्यटन प्रवद्र्धन गर्दा एक ठाउँको मात्र नभएर नेपालको समृद्धिमा नै सहयोग पुग्ने बताए ।
उनले नेपाल प्राकृतिक, सास्कृतिक रुपमा धनी भएकाले यसको प्रवद्र्धन गर्न नेपाल सरकार र समुदाय नै लाग्नुपर्नेमा जोड दिए ।
लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले घान्द्रुकमा पर्यटक प्रवद्र्धन गर्न वृत्तचित्र निर्माण गरेर प्रदर्शन गरिएको बताए ।
‘घान्द्रुकमा पहिलो पटक प्रदर्शन गरेको वृतचित्रलाई देशको प्रमुख शहरहरु पोखरा, काठमाडौं लगायतका स्थानमा प्रर्दशन गरिएको छ, गुरुङले भने, ‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न क्षेत्रमा निर्माण भएको वृत्तचित्रलाई बेलायत र हङकङपछि जापानमा प्रदर्शन गरेका हौ ।’
लामा अमृत फाउण्डेशन घान्द्रुक संस्थापक अमृत गुरुङले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो ।
उक्त वृत्तचित्रमा तमु समुदायसँग सम्बन्धित संस्कृति त्यसैगरी प्राकृतिक सौन्दर्यता तथा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँ घान्द्रुक आसपासको रहनसहन भेषभुषा तथा कला संस्कृतिलाई चित्रण गरिएको छ ।
कार्यक्रममा बे्रज मेश्रो घान्द्रुक समाज जापानका अध्यक्ष युक्तमान गुरुङ गुरुङको अध्यक्षता र लामा अमृत घान्द्रुकका संस्थापक अमृत गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । यस्तै घान्द्रुकको (कोँड नाश) वृत्तचित्र प्रदर्शनमा तामाकी रेष्टुरेन्टका सञ्चालक बुद्धि गुरुङ (ज्या) र नेपाल जापान चेम्बर अफ कमर्शका अध्यक्ष डा. बलराम श्रेष्ठको विशेष सहयोग रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…