२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

संविधान दिवसमा फलफुल वितरण र रक्तदान

स्याङजा । संविधान दिवसको अवसरमा स्याङ्जामा विविध कार्यक्रम मनाउन शुरु गरिएको छ । ३ दिनसम्म विविध कार्यक्रम गरी मनाउने कार्यक्रम तयभए अनुसार स्याङ्जामा रचनात्मक कार्यक्रम गरी संविधान दिवस मनाउन शुरु गरिएको हो । असोज २, ३ र ४ गते सम्म संविधान दिवस मनाउन जिल्ला समन्वय समिति स्याङ्जाले अनुरोध समेत गरेको छ ।
संविधान दिवसको अवसरमा जिल्ला समन्वय समिति स्याङ्जा, पुतलीबजार नगरपालिका र जिल्ला प्रशासन कार्यालय सहित जिल्लाका सामाजिक संघसंस्थाको संयुक्त आयोजनामा कारागारामा रहेका कैदीबन्दीलाई फलफुल वितरण गरिएको छ । फलफुल वितरण पछि जिल्ला प्रहरी कार्यालयमा रक्तदान समेत आयोजना गरिएको जिल्ला रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्यालले जानकारी दिए । सभापति अर्यालका अनुसार कारागारमा रहेका कैदीबन्दीहरु मध्ये १४ जना र ६ जना सरकारी कर्मचारीले रक्तदानमा सहभागी भएका थिए ।
पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल र प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले रक्तब्याग हस्तान्तरण गरेर रक्तदानको उदघाट गरिएको थियो । संविधान दिवसको अवसरमा २० युनिट रगत संकलन गरिएको छ । जनताले लडेर ल्याएको संविधानले हरेक नेपालीलाई अधिकार प्रदान गरेको पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले बताए । ३ दिन जिल्लाका सबै पालिकाले हसोल्लास सहित संविधान दिवस मनाउन नगर प्रमुख रेग्मीले आग्रह गरे । रक्तदान र कारागारका कैदीबन्दीलाई फलफुल पुतलीबजार नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको थियो ।

तिनदिने कार्यक्रममा रक्तदान, फरक क्षमताका बालबालिकालाई सहयोगी सामाग्री बितरण, बृक्षरोपण, जेष्ठ नागरिकका स्वास्थ्य परिक्षण, रेडियो कार्यक्रम परिसम्वाद, सरसफाई जस्ता सामाजिक कार्यक्रम गर्ने निणर्य भए अनुसार असोज २ गतेबाट कार्यक्रम शुरु गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । यसैगरी, असोज ३ गते बिहान प्रभातफेरि सहितको कार्यक्रम गरिने भएको छ भने ३ दिनसम्म घरघरमा, सवारी साधन र कार्यालयहरुमा राष्ट्रिय झण्डा राख्ने र साँझ दिप प्रज्वलन गरि मनाउने जिल्लामा बसेको बैठकले निणर्य गरेको थियो ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…