स्वास्थ्य सेवा एवं स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुपर्छ-स्वास्थ्य मन्त्री पौडेल
पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनु पर्ने बताएका छन् । मंगलवार नेपाली कांग्रेस कास्कीले पोखरा उधोग वाणिज्य संघ, नेपाल इन्जिनियर्स एशोसियसन गण्डकी प्रदेश, डेमोक्रेटिक्स लयर्स एशोसियसन कास्कीका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिने क्रममा बोल्दै पौडेलले उक्त कुरा बताएका हुन् ।
मन्त्री पौडेलले स्वास्थ्य बिमा एवं स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन विपन्न वर्गको पहुँचसम्म पुग्नेगरी आफूले काम गरिरहेको बताए । मन्त्री पौडेलले संविधानमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भनिएपनि त्यो सेवा सर्वसाधरण जनताले प्राप्त गर्न सकेका छैनन । सर्वसाधारणको स्वास्थ्य सेवा पहुँचलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रालयले स्वास्थ्य बीमा मार्फत पाँच लाख रुपैयाँ सम्मको स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले काम सुरु गरेको जानकारी दिँदै मन्त्री पौडेलले स्वास्थ्य बीमाको रकम एकद्धार प्रणाली मार्फत खर्च गरिने बताए ।
स्वास्थ्य बीमाको रकम ४० प्रतिशत भन्दा वढी दुरुपयोग भएकाले त्यस्तो दुरुपयोग हुन नदिन आफूले एकद्धार प्रणाली मार्फत स्वास्थ्य बीमाको रकम खर्च गर्न लागिएको उनको भनाइ छ । ‘स्वास्थ्य बीमाको फेक क्लेम रोक्न सक्यौ भनेपनि धेरै उपलब्धि हुन्छ, मन्त्री पौडेलले भने–औषधीको मूल्यपनि निर्धारण गर्न आवश्यक छ ।
स्वास्थ्य क्षेत्रमा ३१ अर्ब रुपैयाँ मात्र बजेट विनियोजित हुँदा स्वास्थ्य क्षेत्रका संरचना निर्माण, उपकरण खरिद र जनशक्ति परिचालनमा समस्या आएको बताउँदै दरबन्दी अनुसार स्वास्थ्य क्षेत्रमा दरबन्दी नहुँदा सेवाप्रवाह प्रभावित भएको उनले बताए ।
स्वास्थ्य क्षेत्रको जनशक्तिको माग विदेशमा वढी हुँदा बिदेशिने क्रम बढ़ी रहेको छ, त्यस्तो पलायनलाई नेपालमा नै रोक्न स्वास्थ्य क्षेत्रको जनशक्ति वृद्धि गर्न जरुरी भएको भनाइ थियो । मुटुरोगको उपचारलाई ध्यान दिँदै सातवटै प्रदेशमा मुटुरोग उपचार केन्द्र स्थापना गर्ने किसिमबाट सरकार अगाडि वढेको जानकारी दिए । त्यसैगरी क्यान्सर रोग उपचार केन्द्र पनि सबै प्रदेशमा विस्तार गर्ने तयारीमा रहेको मन्त्री पौडेलले बताए ।
‘नेपाली जनतामा राजनीति प्रति वितिष्णा वढेको बेला काँग्रेसले नेतृत्व गरेका मन्त्रालयले जनताको हितमा काम गरी काँग्रेस प्रति जनताको आकर्षण वढाउन आवश्यक छ मन्त्री पौडेलले भने– काँग्रेस कार्यकर्ता एकजुट भएर आउँदो निर्वाचनमा काँग्रेसलाई जनतामाझ लोकप्रिय बनाउनु पर्छ ।’
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले काँग्रेसले जनताले महशुस गर्ने गरी आफ्ना सेवा दिन सक्यो भने आगामी निर्वाचनमा पहिलो पार्टी हुने बताईन् ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले काँग्रेसलाई बलियो पार्टीको रुपमा विकास गर्न सबै नेता तथा कार्यकर्ता इमान्दार भएर संगठन विस्तारमा जुटन आवश्यक भएको बताए । नेपाली काँग्रेसका नेता एवं पूर्व कानूनमन्त्री यज्ञबहादुर थापा, देवराज चालिसे लगायतले काँग्रेस पार्टीलाई बलियो बनाएर लानुपर्ने भनाई व्यक्त गरेका थिए ।
नेपाली कााग्रेस कास्ककिा सभापति किशोरदत्त बरालको अध्यक्षता र सचिव भानु ढकालको संचालन रहेको कार्यक्रममा नवनिर्वाचित तीन वटै संस्थाका अध्यक्षहरू पोखरा उधोग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, नेपाल इन्जिनियर्स एशोसियसन गण्डकी प्रदेशका अध्यक्ष सन्तोष जीसी, डेमोक्रेटिक्स लयर्स एशोसियसन कास्कीका अध्यक्ष कमल पौडेललगाएतले आ–आफ्ना भनाई राखेका थिए ।