२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

निर्माण व्यवसायीका लागि दुई दिने निर्माण व्यवस्थापन प्रशिक्षण

पोखरा । नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा पोखरामा दुई दिने निर्माण व्यवस्थापन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

असोज ७ र ८ गते सम्पन्न भएको प्रशिक्षणमा १६० जना निर्माण व्यवसायीहरुको सहभागिता रहेको नेपाल निर्माण व्यवसायी संघ कास्कीका सचिव डम्मरराज ढकालले जानकारी दिए ।

प्रशिक्षणमा नेपाल निर्माण व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष आङ्गदोर्जि लामा शेर्पा, उपाध्यक्ष खिमप्रकाश मल्ल र महासचिव रोशन दाहाल लगाएतले निर्माण व्यवसायिहरुको कार्यदक्षता अभिवृद्धि गर्न तथा निर्माण कार्यलाई व्यवस्थित र सरल ढंगले सम्पन्न गर्ने हेतुले तालिम आयोजना गरिएको बताएका थिए ।

निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहयोगमा भएको प्रशिक्षण कार्यक्रममा ई. केशवराज आचार्यले सहजीकरण गरेका थिए । प्रशिक्षक आचार्यले निर्माण सम्बन्धी समस्या, वर्तमान चुनौतीका साथै विविध पक्ष बारे जानकारी दिनुको साथै कर सम्बन्धि जानकारी गराएका थिए ।

नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष लिलकाजी गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रिय सदस्य शुरेश श्रेष्ठ, गण्डकी प्रदेशका अध्यक्ष टंकराज बराल, संघका कास्की उपाध्यक्ष ई. शिरस बास्तोला लगाएतले बोलेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…