२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

नेपाल अटोमोबाईल्स एसोसिएसनले शुरु गर्यो फेस्टिभ च्यालेञ्ज

पोखरा भ्यूज
काठमांडौं । नेपाल अटोमोबाईल्स एसोसिएसनले गत सेप्टेम्बर २७ मा शुरु गरेको मोटरसाईकल कार्निभलको अन्तिम कार्यक्रमको रुपमा फेस्टिभ च्यालेञ्ज घोषणा सहित सम्पन्न भएको छ । संघ स्थापनाको १६ वर्षको संकेत स्वरुप १६ राईडर्स विचमा हिजो हिमालयन मोटरल्याण्ड धुलिखेलमा सो अभियान घोषणा गरिएको हो ।
जसमा फेसबुकमा फोटो कन्टेस्ट, इन्सटाग्राम र टिकटकमा भिडियो/रील कन्टेस्ट रहेको छ । कार्यक्रमका सहभागीहरुले आफुले पोस्ट गरेका ती कन्टेन्टहरुलाई एक हप्ता भित्र सबैभन्दा धरै लाईक, कमेन्टक र सियरको आधारमा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
हिजै ती सहभागाीहरुले स्लो बाईक कम्पिटिसनमा सहभागीता जनाएका जहाँ वेस्ट राईडर्सको रुपमा अनुप श्रेष्ठ चयन भए । यस अघि टू-व्हील टूरिङ, पोलिसी डायलग तथा वेस्ट अवार्ड लगायतका कार्यक्रम सम्पन्न भईसकेका छन् ।
अन्तराष्ट्रिय मोटरसाईकल फेडेरेसन एफआईएमको सन् २०२४ को लागि नेपालमा ट्रान्स-हिमालय एड्भेञ्चर मोटरसाईकल कार्निभल लगायतका कार्यक्रम सम्पन्न गरिएको हो भने एफआईएम एसियाको सहयोगमा गत महिना मात्रै रेस अफिसियल र मार्शल को तालिम काठमाण्डौँमा सम्पन्न गरिएको थियो । अन्तराष्ट्रिय क्षेत्रमा युवाहरुको बीचमा बाईक रेसिङ अत्यन्तै लोकप्रिय रहेका छ भने नेपालमा रेसिङको अलावा टुरिङ र राईडिङमा समेत यसको लोकप्रियता बढ्दो छ ।
यस पटकको मुख्यत दुईवटा ईभेन्ट मार्फत अव नेपालको सन्दर्भमा मोटरसाईक्लिङ टूरिङ भरपर्दो विकल्प बन्ने निष्कर्ष सहित सम्वन्धित सरकारी निकायमा सुझाव सहितको प्रतिवेदन बुझाउने तयारी समेत नासा नेपालले गरेको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…