२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

बाँझापाटनको कालरात्री फेस्टिभल, सल्लाघारीलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्य

पोखरा भ्यूज

पोखरा, २१ असोज । पोखरा १३ मा रहेको सल्लाघारी डाँडामा पार्क निर्माण हुने भएको छ । स्थानीय श्री सत्य युवा सेवा समितिले सो ठाउँमा रमणीय पार्क निर्माण गर्न लागेको हो ।
‘सल्लाघारीमा निर्माण हुने पार्कले पोखरामा एउटा पर्यटकीय गन्तव्य थपिने र पोखरा १३ को पर्यटन प्रवद्र्धनसमेत हुने भएकाले हामीले यो निणर्य गरेका हौँ,’ सत्य युवा सेवा समितिका अध्यक्ष हितमान गुरुङले भने,‘ पार्कसम्म जानको निम्ति सिँढी पनि बनाइने छ । पार्कमा पुग्नेहरुले पोखराको उत्तरपूर्वी क्षेत्रको रमणीय दृष्य हेर्न पाउनेछन् । पोखराको नजिकको क्षेत्रमा एउटा बनभोज स्थल पनि थपिने छ ।’
उनका अनुसार सल्लाघारीमा पार्क निर्माणको लागि गण्डकी प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले १० लाख रुपैयाँ विनियोजन गरेको छ । तर, सो रकमले मात्र नपुग्ने र थप पूर्वाधारसमेत निर्माण गर्नुपर्ने आवश्यकता भएको पनि उनको भनाइ छ । त्यही आवश्यकतालाई पूरा गर्न सत्य सेवा समितिले आउँदो असोज २५ गते १९ औं संस्करणको ‘कालरात्री म्युजिकल फेस्टिभल-२०८१’ आयोजना गर्ने भएको पनि उनले जनाए ।
अध्यक्ष गुरुङका अनुसार कालरात्री म्युजिक फेस्टिभलमा पूणर् राई एण्ड दाजुभाइहरु,दी ड्रिमेज ब्याण्ड, नेपाल आइडलको अन्तिम ५ मा पुगेका मानव परियार, रोहनजंग कार्कीलगायतको प्रस्तुति रहने छ । सो कार्यक्रमको संचालन चाहिँ आयुष श्रेष्ठले गर्नेछन् । गीत-संगीतमार्फत् मनोरञ्जन प्रदान गर्नुका साथै युवाहरुलाई रचनात्मक कार्यमा लगाउने उद्देश्यले कालरात्री म्युजिक फेस्टिभल आयोजना गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।
‘कालरात्री म्युजिक फेस्टिभल परम्पराको निरन्तता पनि हो, युवाहरुलाई एकै ठाउँमा भेला गराउने अवसर पनि हो,’अध्यक्ष गुरुङले भने,‘ तर, यो पटक हामीले नयाँ रचनात्मक काम पनि गर्दैछौं । पर्यटनको राजधानी पोखरामा थप एउटा पर्यटकीय गन्तव्य पनि निर्माण हुँदैछ ।’
फेस्टिभललाई देश विदेशबाट सहयोग आउने क्रम जारी रहेको बताउँदै उनले सबै सहयोगीलाई धन्यवाद ज्ञापन पनि गरे । बाँझापाटनमै हुने कार्यक्रमको अनलाइन टिकट बुकिङ भइरहेको छ । टिकट दर ५ सय र १ हजार कायम गरिएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…