
पोखरा भ्यूज
लमजुंग । रोटरी क्लब अफ पोखरा प्याराडाइज र बाबा फ़ाउण्डेशन नेपालको आयोजनामा शुक्रवार लमजुंगस्थित दुई बिधालयमा विविध सामग्री प्रदान गरेको छ । रोट्र्याक़्ट क्लब अफ लम्जुङ्ग तथा चाइल्ड वेलफेयर एण्डएजुकेशनको समन्वयमा बेशिशहर–८, लमजुंगस्थित लक्ष्मी बाल मन्दिर आधारभूत बिधालय र बेसीशहर–१०, खासुरबेशीस्थित श्री जन जागृति माध्यमिक विध्यालयमा खाद्य सामग्री, नयाँ कपडा, स्टेसनरी सामाग्री तथा डस्टविन वितरण गरेको रोटरी क्लब अफ पोखरा प्याराडाईजका सचिव दीपक गुरूङले बताए ।

गुरूङका अनुसार कैंडनेस क्लब अफ पोखरा, शुखावती च्यारिटी फाउन्डेसन, कृपा ग्रुप पोखरा तथा विभिन्न व्यक्तिहरुद्वारा पनि कार्यक्रमको निम्ति आर्थिक तथा भौतिक सहयोग मिलेको बताए ।
क्लबका अध्यक्ष देवेन्द्र पराजुलीको अध्यक्षता बेशीशहर नगरपालिका लमजुंगका प्रमुख गुमानसिंह अर्यालको प्रमुख आतिथ्यतामा क्लबले लक्ष्मी वाल मन्दिरमा अध्ययनरत ३२ जना बिधार्थीका लागि स्टेशनरी र खेलकुदका सामग्री बिधालयका लागि फोहोर व्यवस्थापनका दुई थान डस्टवीन प्रदान गरेको थियो ।

त्यस्तै, जन जागृति माविमा अध्ययनरत अति विपन्न ७ जना विद्यार्थीहरुको निम्ति दशैँ विशेष नयाँ कपडा सेट र परिवारका लागि खाद्य सामग्री प्रदान गरेको हो । खाद्य सामग्री वितरणको निम्ति सुखावती च्यारिटी फाउन्डेसनद्वारा “हाम्रो पनि दशैँ ” भन्ने कार्यक्रम अन्तर्गत वितरण गरिएको खाद्य सामग्रीमा जनही १ बोरा चामल, मिक्स मसला, नुन, चिनी, चियापत्ती, दाल, तेल तथा पोषण सातु उपलब्ध गराएको थियो ।
यसैगरी पोखरा–५, पर्स्याङ्ग स्थायी घर भई हाल अमेरिका निवासी अशोक के सीद्वारा जन जागृति माविमा अध्ययनरत अति विपन्न ७ जना वालवालिकाको लागि दशैमा मासु खानको लागि भनि नगद ३० हजार मध्ये २३ हजार ५ सय ७ जना वालवालिकाको निम्ति दशैँमा मासु किन्नको उपलब्ध गराईएको थियो भने ६ हजार ५ सय लक्ष्मी बाल मन्दिरमा प्रदान गरिएको थियो ।
रोटरी क्लव अफ पोखरा प्याराडाइजका सचिब दिपक गुरुङको नेतृत्वमा ७ जना वालवालिकाको निम्ति दशैको लागि नयाँ कपडा पाइन्ट, ज्याकेट, टि–शर्ट क्लबका प्रेसिडेन्ट इलेक्ट भोज राज पाण्डेद्वारा जुत्ता मोजा उपलब्ध गराईएको थियो ।
कार्यक्रममा बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमान सिंह अर्याल, रोट्र्यक्ट क्लब अफ लम्जुङ्गका अध्यक्ष सुस्मा गुरुङ, पूर्व अध्यक्ष लक्ष्मी श्रेष्ठ, लक्ष्मी बाल मन्दिरका प्रधानाध्यापक अशोक शिम्खडा, जन जागृति माध्यमिक विध्यालयका प्रधानाध्यापक नन्द बहादुर घले लगाएतको उपस्थिति रहेको थियो ।
प्यराडाइजका सह–सचिव जसु गुरुङको संचालन रहेको कार्यक्रममा, स्वागत मन्तब्य रोट्र्यक्ट क्लब अफ लम्जुङ्गका पूर्व अध्यक्ष लक्ष्मी श्रेष्ठ र रोटरी क्लब अफ पोखरा प्यराडाइजका सचिव दिपक गुरुङले कार्यक्रमको उद्देश्य बारे जानकारी गराएका थिए ।

क्लबले कार्यक्रम सम्पन्न पश्चात आन्तरिक पर्यटनलाइ टेवा पुर्याउने हेतुले क्व्होलासोथार गाउँपालिकास्थित भुजुंगगाउँको भ्रमण गरेको थियो ।











