२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

तिवारीको नेतृत्वमा रेडक्रस सोसाइटी पोखरा – ३२ उपशाखाको कार्यसमिति सर्वसम्मत

पोखरा भ्यूज
पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा- ३२ उपशाखाको १५औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले विन्दुराज तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यसमितिको महिला उपसभापतिमा विमला कुमारी थापा बस्नेत, सचिवमा विष्णुबहादुर बस्नेत, कोषाध्यक्षमा कीर्तिराज खनाल, उपसचिवमा भक्तबहादुर केसी, उपकोषाध्यक्षमा राजकुमार श्रेष्ठ, महिला सदस्यमा देवी तिवारी निर्वाचित भएका छन् ।
कार्यसमितिका सदस्यहरूमा महेन्द्रराज धमला, प्रकाश पन्थी, मनमाया लामा र कृष्ण बस्नेत निर्वाचित रहेका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले रेडक्रसका सात सिद्धान्तलाई आत्मसात गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
रेडक्रसको भवन निर्माणका लागि आँफू सदैव सकारात्मक भएको बताउँदै उनले वडा भित्रका हरेक विकास निर्माणमा सबैको एकतावद्ध र सामुहिक प्रयास आवश्यक भएको बताए ।
नेपाल रेडक्रस सोसाइटी पोखरा – ३२ उपशाखाका सभापति किसान परियारले विपद् लगायतका हरेक गतिविधिमा उपशाखा कृयाशिल बनेको बताए । भवन निर्माण कार्यलाई निष्कर्षमा पुर्‍याउन सबैको साथ र सहयोग आवश्यक हुनेमा उनको जोड थियो । तनहुँ जिल्लासँग समेत जोडिएको यस क्षेत्रमा एम्बुलेन्सको अपरिहार्य आवश्यकता रहेको उनले बताए ।
उपशाखाका पूर्व सभापति मेघराज पौडेलले उपशाखा स्थापना भए यता संस्था निरन्तर क्रियाशिल बनिरहेको बताउँदै आगामी दिनमा अझै प्रभावकारी रुपमा अघि बढ्नु पर्नेमा जोड दिए ।
उपशाखा सभापति किसान परियारको सभापतित्व एवम् सचिव विन्दुराज तिवारीले सञ्चालन रहेको कार्यक्रममा स्वागत सहकोषाध्यक्ष विमला थापा सात सिद्धान्त वाचन महिला सदस्य देवी तिवारीले गरेकी थिईन् ।

नेपाल रेडक्रस जिल्ला उपसभापति, विपद् व्यवस्थापन समितिका संयोजक एवम् निर्वाचन समितिका संयोजक उर्मिला खड्का, प्रादेशिक रक्तसञ्चार केन्द्र प्रमुख एवम् निर्वाचन समिति सदस्य अर्जुन ज्ञवाली, जिल्ला शाखाका कर्मचारी एवम् निर्वाचन समिति सदस्य सञ्जय पौडेल, नेपाली काँग्रेस पोखरा – ३२ का सभापति कुलप्रसाद अधिकारी, नेकपा माओवादीका पार्टी प्रतिनिधि अर्जुन मल्ल, आजीवन सदस्यद्वय बसुन्धरा पौडेल र विष्णुबहादुर बस्नेत, गोगन मा.वि. जुनियर रेडक्रस सर्कलका संरक्षक मोहनराज बराल लगायतले मन्तव्य राखेका थिए । साधारणसभाले सचिव विन्दुराज तिवारीको प्रतिवेदन र कोषाध्यक्ष शरणकुमार प्रधानले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो । उक्त अवसरमा उपशाखाका तर्फबाट विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…