54Shares

पोखरा भ्यूज

पोखरा, २९ कार्तिक । लायन्स क्लब अफ पोखरा पिस सिटीले पिस पोस्टर (चित्रकला) प्रतियोगिता गरेको

सुक्रवार पोखरा, नागढुगास्थित नेशनल क्रियसन एकेडेमीमा सो बिधालयमा अध्ययनरत कक्षा सम्मका १२ जना बिधार्थीहरू बीच पिस पोस्टर प्रतियोगिता गराईएको थियो

११-१३ बर्ष उमेर समूहका बिधार्थी सहभागिता रहेको प्रतियोगितामा कक्षा का लभसन खत्री प्रथम, कक्षा निर्जला रेग्मी दोश्रो, कक्षा कै प्रिया थापा तृतिय र कक्षा का सनिश गिरी सान्तवना भएका क्लब प्रशाशनिक प्रमुख टंकराज अधिकारीले बताए

प्रतियोगितामा प्रथम, दोश्रो, तृतिय सान्तवना हुनेलाई आकर्षक पुरस्कारसहित प्रमाणपत्र र अविरद्धारा सम्मान गरिएको थियो भने सहभागि सबैलाई सहभागिताको प्रमाण पत्र तथा चित्रकला सामाग्री प्रदान गरिएको थियो

१३ वर्ष मुनिका विद्यार्थीहरुका विच मात्र प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा प्रथम भएका छात्र लक्ष्मण खत्रीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता छनौटको लागि योग्य भएको क्लबका निर्वतमान अध्यक्ष एवं जोन १२ का जोन चेयरपर्सन युवराज खनालले बताए । प्रतियोगितामा निर्णायकमा कलाकार युवराज लामिछाने रहेका थिए
लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष दीपेन्द्र चालिसेको अध्यक्षता, क्लबका प्रथम उपाध्यक्ष एवं उक्त बिधालयका प्रिन्सिपल ज्ञानेन्द्र बहादुर थापाको संचालन रहेको कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारी, रिजन का रिजन चेयरपर्सन सूर्यराज चपाई, क्लबका निर्वतमान अध्यक्ष एवं जोन १२ का जोन चेयरपर्सन युवराज खनाल, क्लबका द्वितीय उपाध्यक्ष रविकुमार श्रेष्ठलगाएतले कार्यक्रमको उद्धेश्यबारे आफ्ना भनाई राखेका थिए

लायन्स अन्तर्राष्ट्रियको पिस पोस्टर प्रतियोगिता क्लब हुदै डिष्ट्रिक्ट सचिवालय र डिष्ट्रिक्टको प्रतिनिधित्व गर्दै मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालको तर्फबाट लायन्स अन्तराष्ट्रियको पिस पोस्टर छनोटमा बनाएको पोस्टर समावेश हुनेछ नेपालबाट प्रथम पिस पोस्टरलाई लायन्स अन्तर्राष्ट्रियको सचिवालयमा पठाइन्छ संसारभरका पिस पोस्टरमा पनि प्रथम हुनेले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउनुका साथै एक अभिभावकसहित अमेरिका भ्रमण गर्न पाउने  २३ जनालाई सान्तवना स्वरूप ५ सय डलर उपलब्ध गराईन्छ । विश्वरभरीका लायन्स क्लबहरुबाट बर्सेनी बालबालिकाहरुलाई चेतना अभिवृद्धि गर्ने उद्देश्यका लागि यस बर्ष ‘सिमा बिनाको शान्ती प्रतियोगितासञ्चालन गर्दै आइरहेको

54Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected