
पोखरा भ्यूज
पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङ र फ्लोरिङ फर्निसिङ व्यवसायी संघ कास्कीको संयुक्त आयोजना साथै रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा संचालित रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ ।
‘रक्तदान जिवनदान, जीवनदान महादान’ भन्ने मूल नारासहित शनिवार चिप्लेढुगामा सम्पन्न रक्तदानमा ३४ युनिट रगत संकलन भएको लायन्स क्लब अफ पोखरा फर्निसिङका संस्थापक अध्यक्ष रहमोहन सुवेदीले जानकारी दिए ।

फ्लोरिङ फर्निसिङ व्यवसायी संघ कास्कीका अध्यक्ष राजु कार्कीको अध्यक्षता, लायन्स क्लब अफ पोखरा फर्निसिङका अध्यक्ष गोविन्द शर्माको स्वागत मन्तव्यसहित संचालित कार्यक्रम पोखरा उधोग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि कार्कीले ‘रक्तदान जिवनदान, जीवनदान महादान’ पुण्य कार्य गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा समेत यस्तो प्रकारको सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रहमोहन सुवेदी, क्लस्टर २ का को–क्लस्टर चिफ शुशील पौडेललगाएत दुवै संस्थाका पूर्व अध्यक्ष, पदाधिकारीलगायत सदस्यको सहभागिता रहेको कार्यक्रमका संयोजक होमनाथ अधिकारीले बताए ।
क्लबका सचिव केदार त्रिपाठी र व्यवसायी संघका सदस्य केशव गिरीले कार्यक्रमको सञ्चालन गरेका थिए ।











